645 views 0 secs 0 comments

ललितपुरको गोदावारीस्थित घरको बरण्डामा ग्रिनेड बम…

In देश
५ फाल्गुन २०७६, सोमबार १५:४५

ललितपुरको गोदावरी नगरपलिका–५ लेलेस्थित एक व्यक्तिको घरमा ग्रिनेड बम भेटिएको छ ।
स्थानीय शुकराम मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा ह्याण्ड ग्रिनेड बम भेटिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी ओझाले जानकारी दिए । सोमबार बिहान सात बजेको समयमा मिजारको घरमा बम भेटिएको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको डीएसपी ओझाले बताए । मिजारको घरमा भेटिएको बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी ओझाले बताए ।