महिनावारी पछाडि सार्न प्रयोग गरिने औषधिका गम्भीर असर…

In स्वास्थ्य/जीवनशैली
५ फाल्गुन २०७६, सोमबार १०:५७

कहिले काँही विशेष कारणबस महिनावारी पछाडि औषधिको प्रयोग गर्ने गरिन्छ । औषधिको प्रयोग गरेर विभिन्न कामका लागि महिनावारी सार्दा स्वास्थ्यमा गम्भीर असर पर्ने डाक्टरहरु बताउँछन् । महिनावारी सार्न प्रयोग गरिने औषधिले स्वास्थ्यमा के कस्ता गम्भीर असर पार्छ त ?
महिनावारी चक्र प्रभावित गर्छ 
यदि तपाईंले धेरैपटक महिनावारी सार्नको लागि औषधिको प्रयोग गर्नुभएको छ भने यसलाई समयमै राक्नुपर्छ । यसले महिनावारी चक्र अनियमित गराउँछ भने प्रजनन सम्बन्धी विभिन्न समस्याहरु पैदा गर्छ । त्यस्ता औषधिको सेवनले गर्भधानमा समेत समस्या आउन सक्छ । बाँझोपनको समस्या पनि  निम्त्याउँछ । 
रक्तनलीमा रगत जम्ने खतरा
महिनावारी सार्न खाने औषधिले रक्तनलीमा रगत जम्ने खतरा हुनसक्छ । यसरी रक्तनलीमा रगत जमेर मुटु र मस्तिष्कसम्म पुग्ने पनि खतरा पैदा हुनसक्छ ।
धेरै रगत बग्नु
२० प्रतिशतभन्दा बढी महिलाहरुमा यो औषधिको सेवनपछि धेरै रगत बग्ने गर्छ । धेरै रगत बग्दा शरीरमा रगतको कमि भई रक्तअल्पताजस्ता रोगहरु लाग्न सक्छ । 
पखाला लाग्ने तथा पेटको दुखाई
औषधिको प्रयोगले पखाला लाग्ने तथा पेटमा दुखाइ हुने गर्छ । त्यति मात्र होइन योनीमा रक्तश्राव पनि हुनसक्छ ।