419 views 0 secs 0 comments

कपिलबस्तुमा बस दुर्घटनामा १ भारतीय नागरिको मृत्यु, १४ घाइते…

In देश
२७ पुष २०७६, आईतवार २०:१०

कपिलबस्तुमा आइतबार भएको बस दुर्घटनामा १ भारतीय नागरिको मृत्यु भएको  छ । यस्तै १४ जना घाइते भएका छन्  ।
कपिलवस्तु न.पा.७ धरमपनिया स्थित हुलाकी राजमार्गमा तौलिहवाबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ६९१३ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भइ पल्टिँदा १ जनाको मृत्यु भएको १४ जना घाइते भएको जिल्ला प्रहरी कपिलबस्तुले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्त प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार बस दुुर्घटनमा भारत सिद्धार्थनगर जिल्ला खुनुवा घर भएका ३५ कि प्रमोवती पाण्डेको मृत्यु भएको छ । उनी रुपन्देहीको  रोहेणी गा.पा ५ बस्ने गरेका थिए ।