432 views 0 secs 0 comments

धनगढीमा एक जना स्टाफ नर्स मृत…

In समाज
१३ पुष २०७६, आईतवार १६:४१

कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत भेटिएकी छन्। धनगढीको निसर्ग र नवजीवन अस्पतालमा कामगर्दै आएकी २० वर्षीया सुनम ऐर आइतबार मृत अवस्थामा भेटिएकी हुन्।
धनगढी ५ हसनपुरमा डेरा गरी बस्दै आएकी ऐर आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
‘अबेर सम्मकाममा नआएपछि उनको खोजी सुरु भएको थियो । खोजीकै क्रममा कोठाभित्र उनी मृत फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले भने, ‘उनको मृत्युबारे अनुसन्धान भइरहेको छ ।’
भित्रबाट ढोकाबन्द गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । प्रहरीले अनुसन्धान पछि मात्रै थप कुरा बाहिर आउने बताएको छ ।