570 views 0 secs 0 comments

१८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी देखेर वैज्ञानिक पनि चकित…

In विश्व
१७ मंसिर २०७६, मंगलवार ०९:४४

कसैको मृत शरीरलाई केही दिन वा महिनासम्म फ्रिजमा राखेर सुरक्षित पार्न सकिन्छ तर साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ ।
यद्यपि, उक्त शव कुकुरको हो वा ब्वाँसोको भनेर अनुसन्धानकर्ताले अनुसन्धान गरिरहेका छन् ।
वैज्ञानिकले कुकुरको मृत्यु हुँदा त्यो दुई वर्षको हुनसक्ने अनुमान गरेको छ ।
रेडियोकार्बन थेरापीमार्फत् मृत्युको समय, कुकुरको उमेर र कतिवर्षदेखि बरफमा पुरिएको  थियो भनेर पत्ता लगाइएको हो ।
हज्जारौं वर्षसम्म हिउँमा पुरिँदासमेत यसको शरीरको रौं, नाक र दाँत सही अवस्थामा छन् ।
कुकुरको नाम डोगर राखियोः
स्विडेनको सेन्टर फर पेलियोजेनेटिक्समा अनुसन्धानकर्ता डेव स्टेनटनले सिएनएनसँगको कुराकानीमा कुकुरको डिएनए सिक्वेन्सिङमार्फत् यो एउटा यस्तो प्रजातिको हो जुन कुकुर र ब्वाँसोको पूर्वज एकै हुन् भन्ने जानकारी दिएका छन् ।  
उनले भने, ‘हामीले त्यो शवबाट धेरै डाटा पाएका छौं र यतिधेरै प्रजातिबाट यो कुकुर कुन प्रजातिको हो भनेर पत्ता लाग्ने आशा गर्न सक्नुहुन्छ ।’
यसै सेन्टरका एक अनुसन्धानकर्ता लव डेलनले एक ट्वीटमा के यो शव ब्वाँसोको हो वा  सबैभन्दा पुरानो कुकुर भेटिएको हो भनेर प्रश्न सोधेका छन् ।
यो कुकुरको नाम डोगर राखिएको छ । याकुट भाषामा यसको अर्थ हो साथी ।
आधुनिक कुकुर ब्वाँसोका वंशज भएको मानिन्छ तर कुकुर कहिले घर पालुवा बने यसबारे बहस जारी छ ।
सन् २०१७ मा प्रकाशित भएको एक अध्ययनमा कुकुरलाई २० देखि ४० वर्षअघिदेखि घरमा पाल्न थालिएको बताइएको छ ।