672 views 0 secs 0 comments

अख्तियारले धनगढीका निमित्त कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकम पक्राउ…

In समाज
१३ भाद्र २०७६, शुक्रबार ०८:५३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखसहित तीन जना कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चलनपुरबाट विहीबार गएको अख्तियारको टोलीले कार्यालय प्रमुख एवं शाखा अधिकृत गम्भीर सिँह विष्ट, शाखा अधिकृत (सातौं तह) भुवन जोशी र अधिकृत (छैठौं तह) जयराज कारीगरलाई नियन्त्रणमा लिएको हो ।विक्री गरेको गाडी नामसारी गरेवापत सेवाग्राही सँग घुस मागेको सूचनाको आधारमा डीएसपी प्रेमबहादुर बस्नेत नेतृत्वको टोलीले नगद १ लाख ६१ हजार १ सय रुपैयाँ घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत टोपबहादुर विष्टले जानकारी दिए । तीनै जनाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विष्टले बताए ।