
ठूला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन मौसमविदले सूचित गरेका छन् । हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।
मौसमविद समीर श्रेष्ठका अनुसार शनिबार दिउँसो पनि पूर्वी तथा मध्यपहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सतर्क रहनुपर्ने मौसमविदको आग्रह छ ।