458 views 0 secs 0 comments

जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगे…

In समाज
२९ श्रावण २०७६, बुधबार १३:१६

ज्वालामुखी गाउँपालिका–३ अमराईमा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ।
धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ।
यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु तिवारीले बताए ।