576 views 0 secs 0 comments

विप्लव समूहका ३ नेतालाई पक्राउ…

In देश
२१ श्रावण २०७६, मंगलवार १५:५९

नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई मैतीदेवीबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

केन्द्रीय सदस्य भनेको छ । तर, समूहका नेता भने १७ जना निष्कासित केन्द्रीय सदस्य मध्ये उनी पनि एक भएको बताउँछन् ।यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विप्लव समूहका नेता जीवन कार्की जीवन्तलाई रिहा गरेको थियो ।

कार्कीले हिरासतबाटै विप्लव समूहसँग वार्ताको विकल्प नभएको धारण सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका थिए ।