
आमनागरिक जति सचेत हुँदै जान्छन्, ठगी हिँड्नेले पनि उति नै नयाँ शैली निकाल्दै जान्छन् ।
तर, एक जना यस्ता ठग अहिले प्रहरी नियन्त्रणमा पुगेका छन्, जसले वर्षौंदेखि एउटै शैली प्रयोग गरेर सरकारी कर्मचारीलाई ठगे । ठगी श्रृंखलाको २४ वर्षपछि सिन्धुलीको कमलामाई घर भइ काठमाडौंको डिल्लीबजार बस्ने नारायणसिंह बराल बुधबार दिउँसो पक्राउ परेका हुन् ।