देश, सूचना-प्रबिधि
२६ आश्विन २०७५, शुक्रबार ०७:१०
801 views 0 secs 0

दशैँका लागि लिकालेको रु दुई लाख लुटेर फरार व्यक्ति पक्राउ :भक्तपुर

भक्तपुर । रु दुई लाख लुटपाट गरी फरार भएका लुटेरालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। मध्यपुरथिमि नगरपालिका–५ सयपत्री टोलका जया कोइरालाले दशैँका लागि मनि ट्रान्सफरबाट रु दुई लाख झिकेर झोलामा राखी लैजाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले नगद बोकेको उक्त झोला लुटेर भागेका थिए। भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट सडकस्थित हनुमन्ते पुलमा नगद बोकेको झोला लुटेर […]

सूचना-प्रबिधि
२५ आश्विन २०७५, बिहीबार ११:४५
698 views 0 secs 0

२ पक्राउ , हतियार र लागूऔषधसहित

२५ असोज, झापा । जिल्लाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको […]

सूचना-प्रबिधि, स्वास्थ्य/जीवनशैली
२५ आश्विन २०७५, बिहीबार ०९:३१
1058 views 0 secs 0

प्रतिएक घण्टामा २१ महिलाद्वारा असुरक्षित गर्भपतन

विष्णु नेपाल काठमाडौँ। पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन्। पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्। वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने प्रजनन स्वास्थ्य क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था गुटामाचार इन्ष्टिच्युट […]

सूचना-प्रबिधि
२३ आश्विन २०७५, मंगलवार १०:५६
1129 views 2 secs 0

घुस लिँदालिँदै पक्राउ परे बौद्धका डीएसपी श्याम राई

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गरे । आयोगका प्रवक्ता […]

देश, सूचना-प्रबिधि
२३ आश्विन २०७५, मंगलवार ०८:५०
687 views 0 secs 0

बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा

काठमाडौं – नेपाल वायु सेवा निगमले बिनाप्रतिस्पर्धा निजी क्षेत्रलाई जहाज भाडामा उपलब्ध गराएको छ। महिना दिनअघि निगमको कार्यकारी अध्यक्ष बनेर आएका मदन खरेलले चार्टर्ड फ्लाइट भन्दै प्रतिस्पर्धाबिनै सस्तो दरमा ट्राभल एजेन्सीलाई जहाज भाडामा उपलब्ध गराएका हुन्। ‘वाई १२–ई’ सिरिजको चिनियाँ जहाज दुर्गममा परीक्षण उडान गराएपछि खरेलले बिनाप्रतिस्पर्धा एअर करिडोर ट्राभल एजेन्सीलाई उपलब्ध गराएका छन्। पूर्वसचिव […]

समाज, सूचना-प्रबिधि
२३ आश्विन २०७५, मंगलवार ०८:३३
1127 views 0 secs 0

‘फाइट–ब्याक’ अभियान छोरीहरूलाई

यौनहिंसा र बलात्कारपीडित संख्या वृद्धिसँगै छोरीहरूलाई आत्मरक्षा निम्ति ‘फाइट–ब्याक’ तालिम दिने अभियान देशव्यापी भएको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या र त्यसपछि श्रृंखलाबद्ध सार्वजनिक महिला हिंसाले असुरक्षाको विकराल स्थिति झल्काउँछ। बलात्कारका घटना मात्र वार्षिक १ हजार २ सय हाराहारी रहेको तथ्यांक छ।यसबाहेक बिहे गर्न वा प्रेम प्रस्ताव नमानेको झोँकमा तेजाब खन्याइदिने, दाइजो […]

समाज, सूचना-प्रबिधि
२२ आश्विन २०७५, सोमबार १२:२५
914 views 0 secs 0

रौतहटबाट पक्राउ : सीके राउत

काठमाडाैँ । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले जिल्ला प्रहरी कार्यालय गौरमा राखिएका राउतलाई प्रहरीले सोधपुछ गरिरहेको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौटहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका समर्थकहरु गठबन्धनका […]

विश्व, सूचना-प्रबिधि
२१ आश्विन २०७५, आईतवार १०:५९
833 views 0 secs 0

आगलागीमा ५० जनाको मृत्यु : कंगो

२१ असोज, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा तेल ट्यांकर दुर्घटनापछि सल्केको आगो फैलिएर ५० जनाको ज्यान गएको छ । कंगोको मध्यक्षेत्रको एमबुजा ग्रामीण इलाकामा दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् ।दुर्घटनामा दर्जनौ मानिस घाइते भएका र ठूलो […]

मनोरञ्जन, सूचना-प्रबिधि
२० आश्विन २०७५, शनिबार १४:२५
1609 views 2 secs 0

गरेर देखाउदै : रास्ट्रीय संगीतकर्मी संघ …

रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार बिशेष शुभकामना आदानप्रदान बृहत कार्यक्रम तथा स्रष्टाको सम्मान कार्यक्रम २०७५ भब्य र सभ्य रूपमा काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सु- सम्पन्न भएको छ। रास्ट्रीय संगीतकर्मी संघको आयोजनामा दशै तिहार शुभकामना आदानप्रदान तथा स्रष्टाको सम्मान बिशेष बृहत कार्यक्रम असोज १९ गते शुक्रबार काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा भब्य रूपमा सु […]