समाज
१ पुष २०७८, बिहीबार १४:४१
241 views 0 secs 0

जङ्गलमा लागेकाे आगाे निभाउन खाेज्दा लडेर एक जनाकाे ज्यान गयाे…

जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको ज्यान गएको छ । हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकप्टरमा नेपालगञ्ज पुर्याएपछि गएराति ज्यान गएको प्रहरीले जनाएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको त्यहाँका स्थानीय बासिन्दा टेकबहादुर शाहीले बताउनुभयो ।

समाज
२९ मंसिर २०७८, बुधबार ११:०१
266 views 0 secs 0

टिपरको ठक्करबाट एक जनाको मृत्यु …

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको प्रहरी निरीक्षकले जानकारी दिए। दुर्घटनामा परेर मोटरसाइकलमा सवार बागलुङको जैमिनीका ३३ वर्षीय […]

समाज
२८ मंसिर २०७८, मंगलवार ०७:४५
237 views 0 secs 0

टिप्परको ठक्करबाट एक व्यक्तिको मृत्यु …

तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन् । छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी […]

समाज
२७ मंसिर २०७८, सोमबार १३:१२
211 views 0 secs 0

मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु…

मकवानपुरमा कुटपीटबाट एक जनाको मृत्यु भएको छ । कैलाश गाउँपालिका–६ स्थित तल्लो पकनीमा भाइको कुटाइबाट दाइको मृत्यु भएको हो । आपसी विवादका क्रममा ३० वर्षीय भाइ सीताराम मोक्तानले कुटपीट गर्दा ३३ वर्षीय नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । अभियुक्त मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

समाज
२७ मंसिर २०७८, सोमबार १२:३७
229 views 1 sec 0

कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ…

कञ्चनपुरमा लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले लागू औषध खैरो हिरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनुपरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले भारतको पिलिभितका १९ वर्षीय राम सिंह र २३ वर्षीय धरमवीर सिंहलाई पक्राउ गरिएको जानकारी दिए । […]

समाज
२७ मंसिर २०७८, सोमबार ०८:०९
261 views 0 secs 0

चितवनमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रुको मृत्यु…

एम्बुलेन्सको ठक्करबाट चितवनमा पैदल यात्रुको ज्यान गएको छ । भरतपुर महानगरपालिका-१५ मा हिजो बेलुका पौने ७ बजे से १ च ५८८ नम्बरको एम्बुलेन्सको ठक्करबाट अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे ज्यान गएको हो । ज्यान […]

समाज
२६ मंसिर २०७८, आईतवार १५:२४
206 views 0 secs 0

खैरो हेरोइनसहित २ जना पक्राउ…

मकवानपुरको हेटौँडाबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएका ५२ वर्षीय नारायण खड्का र ३५ वर्षीय अर्जुन अधिकारी छन् । खड्कालाई हेटौँडा–१५ रातोमाटेबाट र अधिकारीलाई हेटौँडा–११ सहिद स्मारक गेटबाट पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नारायण खड्काको साथबाट ५ ग्राम २ […]

समाज
२६ मंसिर २०७८, आईतवार १४:३३
223 views 0 secs 0

पहिचान नखुलेका अन्दाजी ६० वर्षीय एक पुरुष मृत भेटिए…

नाम र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष रुकुम आठबीसकोटमा मृतावस्थामा भेटिएको छ । आठबीसकोट नगरपालिका–६ त्रिवेणी बजारको एक होटलमा २१ गतेदेखि बसेका उनी सोही होटलमा मृत भेटिएका हुन् । शनिबार राति उनलाई मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । डोल्पा र रुकुमपश्चिमका विभिन्न बजारमा काम गर्दै हिँड्ने […]

समाज
२६ मंसिर २०७८, आईतवार १०:५७
205 views 1 sec 0

धादिङमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा एक जनाकाे मृत्यु…

पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । आज बिहान बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङकाे ज्यान गएकाे हाे […]

समाज
२६ मंसिर २०७८, आईतवार ०८:४३
233 views 0 secs 0

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु…

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल […]