समाज
५ पुष २०७८, सोमबार ११:५२
259 views 0 secs 0

लोकमार्गअन्तर्गत ट्रकको ठक्करबाट एक छात्रको मृत्यु…

लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ । मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक […]

देश, समाज
५ पुष २०७८, सोमबार ११:२३
297 views 2 secs 0

बागलुङमा ६५ घरमा एक घर एक धारा निर्माण सम्पन्न…

खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पु-याएको छ । अव्यवस्थित […]

मनोरञ्जन, समाज
४ पुष २०७८, आईतवार ०८:२९
321 views 0 secs 0

भूमिलाई सम्झँदै आज उधाैली पर्व मनाइँदै…

आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको […]

मनोरञ्जन, समाज
४ पुष २०७८, आईतवार ०८:०१
405 views 0 secs 0

नेवार समुदायले योमरी पुन्ही मनाउँदै…

मंसिर शीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । आज काभ्रेपलाञ्चोकको […]

समाज
३ पुष २०७८, शनिबार १२:४६
287 views 0 secs 0

भारतमा नेपाली सवार बस दुर्घटना हुँदा एक शिशुको मृत्यु…

नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य […]

समाज
२ पुष २०७८, शुक्रबार २०:३६
274 views 0 secs 0

रुपन्देहीमा एक वडा सचिव सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ…

रुपन्देहीको भैरहवामा एक वडा सचिव सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार […]

समाज
२ पुष २०७८, शुक्रबार १८:२६
286 views 0 secs 0

सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु…

सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । टिपरले माेटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिनुभयो । प्रदेश २–०१–००२ प २६८२ […]

समाज
२ पुष २०७८, शुक्रबार १०:१०
246 views 0 secs 0

रौतहटमा नक्कली नोटसहित दुई भारतीय पक्राउ …

नेपाल भारत सीमा हुँदै नक्कली नोट बोकेर नेपाल प्रवेश गरेका दुई भारतीयलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित उनीहरु पक्राउ परेका हुन् । सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको परोहा नगरपालीका ८ स्थित नरकटियामा जाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित बिहारस्थित घोडासहन ग्राम […]

समाज
२ पुष २०७८, शुक्रबार ०८:२९
261 views 0 secs 0

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु…

आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का […]

समाज
१ पुष २०७८, बिहीबार १५:२५
304 views 0 secs 0

सर्लाहीमा आगलागीमा परि दुई बालिकासहित तीन जनाकाे मृत्यु…

सर्लाहीमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको ज्यान गएको छ । कविलासी नगरपालिकामा आगलागीमा परि एकै परिवारका दिदी–बहिनीको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति सवा ९ बजे विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७ सिर्सिया बस्ने जोगी महरा चमारकी ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको ज्यान […]