देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १३:२७
652 views 3 secs 0

महतोले उठाएनन् प्रधानमन्त्रीको फोन, तालमेलका लागि ‘रअ’ प्रमुखको दवाब

काठमाडौं—राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले महतोलाई […]

देश, समाज
९ मंसिर २०७४, शनिबार १३:२३
577 views 0 secs 0

सुदूरपश्चिम महोत्सव मंसीर २९ मा सर्यो

धनगढी, ८ मंसीर । हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ यसवर्ष मंसिर २९ गतेबाट शुरु हुने भएको छ । महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य संघले आज गरेको पत्रकार सम्मेलनमा मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएकाले महोत्सव एक हप्तापछि सारिएको जनाएको छ । संघका अध्यक्ष शंकर बोगटीले […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १३:०२
632 views 0 secs 0

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

खोटाङ– खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रम बाक्लिएको छ । आइतबार हुने निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौंलगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो । केही दिनयता बाहिरिनेभन्दा जिल्ला भित्रिने यात्रु बढी देखिएको खोटाङ यातायात व्यवसायी संघका काउण्टर प्रमुख अमिर अधिकारीले बताए । शुक्रबारयता दिक्तेलबाट बाहिरिनेभन्दा भित्रिने बस तथा जीपको संख्या […]

देश, समाज
९ मंसिर २०७४, शनिबार १२:५१
578 views 0 secs 0

जताततै बम फेला स्थानीय जनता त्रसित

पोखरा, ८ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–९ नयाँबजारस्थित वाम गठवन्धनको सम्पर्क कार्यालयमा शुक्रबार साँझ कुकर बम विष्फोट भएको छ । वाम गठबन्धन चुनाव प्रचार प्रसार समिति–९ द्वारा सञ्चालित सम्पर्क कार्यालयमा भएको बम विष्फोटबाट घरको सटरमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए। घना बस्ती भएको सो ठाउँमा […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १२:४७
728 views 0 secs 0

‘म सुदूरपश्चिमकी बुहारी हुँ’ – आरजु

धनगढी,५ मंसीर । नेपाली कांग्रेसकी उम्मेदवार आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी थिईन्। उनले कैलालीसहित प्रदेश नम्बर ७ सुदूरपश्चिमको समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको बताईन्। ‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएका थिए’ आरजुले भनिन् ‘ तर मैले कैलालीको यो क्षेत्र रोजें […]

बिचार, शिक्षा, समाज, सूचना-प्रबिधि
९ मंसिर २०७४, शनिबार १२:४१
786 views 0 secs 0

‘सपना थियो एरोनटिकल इञ्जिनियर ,भएँ सिनेमेटोग्राफर’

अहिले नै चैं के गर्दै हो ? अहिले ‘कृ’ र ‘कान्छी’ फिल्ममा व्यस्त छु । अब चाँडै नै यी फिल्महरु प्रदर्शनको तयारीमा छन् । कान्छी फिल्मको लगभग सुटिङ सकिसकेको छ भने कृ को केही सुटहरु सकिन बाँकी छन् । के हो सिनेमेटोग्राफी ? सिनेमेटोग्राफी आफंैमा व्याख्या गरिएको नाम हो । सिनेमाको ग्राफलाई मिलाएर खिचिने भएको […]

देश, शिक्षा, समाज
९ मंसिर २०७४, शनिबार १२:२५
644 views 2 secs 0

डिआइजी सिंहले तीन वर्ष बढी जागिर खाएको खुलासा

सशस्त्र प्रहरी प्रधान कार्यालयले सिंहको फाइल पल्टाउँदा तीन वर्षअघि नै अवकास पाइसक्नुपर्ने पाइएको हो। सिंहको २०४१ चैत ११ गते भर्ना भएको देखिएको सशस्त्र प्रधान कार्यालय हलचोक स्रोतले जनाएको छ। उक्त फाइल भेटिएपछि हलचोकले अवसकास पत्र पठाएको थियो। अवकास पत्र पाउनेवितिकै आफूमाथि अन्याय भएको भन्दै सिंह रातारात काठमाडौं गएका छन्। उनले चुनावको मुखमा आफूमाथि अन्याय भएको […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १२:२३
675 views 0 secs 0

विप्लवका कार्यकर्ताद्वारा एमाले वडाध्यक्ष अपहरणमा

जाजरकोट– आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जाजरकोटमा एमालेबाट निर्वाचित वडाध्यक्षलाई अपहरण गरेका छन् । चुनाव प्रचार प्रसारमा लागेको भन्दै कुसे गाउँपालिका वडा नं १ बाट निर्वाचित गोपाल नेपालीलाई शनिबार बिहान २ वजेतिर सोही वडाको स्यांग्री भन्ने स्थानबाट अपरहरण गरेको स्थानीय पत्रकार दिपेन्द्र शर्माले बताए […]

देश, राजनीति, समाज
९ मंसिर २०७४, शनिबार १२:०८
767 views 0 secs 0

विकासको सिन्को नभाच्नेलाई मत माग्ने अधिकार छैनः का“ग्रेस उम्मेदवार स्वार

ऋषिदह(अछाम), ६ मंसिर । नेपाली का“ग्रेस अछामका सभापति भरतकुमार स्वारले दश वर्षसम्म जनप्रतिनिधि भएर पनि विकासको सिन्को पनि नभाच्ने व्यक्तिलाई फेरि अछामी जनतासंग मत माग्ने अधिकार नभएको बताउनु भएको छ । अछाम क्षेत्र नम्बर १ का का“ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार स्वारले चुनाव ताका ‘विकास गर्छौ’ भन्दै पटकपटक जनतालाई झुक्याउने काम भइरहेकोले यो चुनावमा सजग […]

शिक्षा, समाज, स्वास्थ्य/जीवनशैली
९ मंसिर २०७४, शनिबार १२:०६
723 views 1 sec 0

वैदेशिक रोजगारीले निम्त्याएको विखण्डन

मोहितलाल महतो (नाम परिवर्तन) तीन वर्षपछि कतारबाट फर्किए । २९ मंसिरसम्म घरमा भएकी श्रीमती संगीता (नाम परिवर्तन) लाई उनले ३० गते कतै देखेनन् । त्यसपछि महतो झस्किए अनि आफ्नी श्रीमतीको खोजी सुरु गरे । यता उनकी श्रीमतीले मोहितलालसहित एक छोरा र एक छोरीलाई छाडेर आफ्ना प्रेमीसँग नयाँ जीवन प्रारम्भ गरिसकेकी थिइन् । आफूले वर्षौं लगाएर […]