समाज
१३ पुष २०७८, मंगलवार १७:५८
325 views 0 secs 0

एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला…

नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् । उनको शव एमालेको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित […]

समाज
१३ पुष २०७८, मंगलवार १७:४३
256 views 0 secs 0

रौतहटमा जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु…

रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपीले बताए । अन्य घाइते ३ जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार […]

समाज
१३ पुष २०७८, मंगलवार ०९:४०
338 views 0 secs 0

पोखरामा १५ वर्षअघि भएको हत्यामा संलग्न आरोपीलाई बहराइनमा पक्राउ…

पोखरामा १५ वर्षअघि भएको हत्यामा संलग्न एकजना आरोपीलाई बहराइनमा पक्राउ गरिएको छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले गरेको अनुरोधका आधारमा बहराइन प्रहरीले पोखराका अशोक गुरुङलाई पक्राउ गरेको प्रहरी प्रवक्ताले बताए । २०६३ वैशाख २९ मा पोखराको सात मुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि उनी […]

समाज
१२ पुष २०७८, सोमबार १६:५१
350 views 0 secs 0

काठमाडौंको कागेश्वरीमा युवती मृत फेला…

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपीले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुगेका छन् । युवतीको हत्या भएको आशंका गरिएको छ । घटनास्थलमा […]

देश, समाज
१२ पुष २०७८, सोमबार १६:१४
299 views 0 secs 0

प्रहरीको भ्यानकाे ठक्करबाट व्यवसायीको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय…

सर्लाहीमा इलाका प्रहरी कार्यालय ईश्वरपुरको भ्यानले ठक्कर दिँदा एक जना व्यवसायीको ज्यान गएपछि त्यसको विरोधमा स्थानीय व्यापारीले बयलवास बजारमा प्रदर्शन गरेका छन् । हिजाे आइतवार राति प्रहरीकाे भ्यानले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ का स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएको हो । स्थानीय व्यापारीकाे प्रदर्शनका कारण बजार पूर्ण रूपमा ठप्प भएको छ । अहिले बजार क्षेत्रमा […]

समाज
१२ पुष २०७८, सोमबार ०८:३७
313 views 0 secs 0

काठमाण्डाैकाे कागेश्वरीमा मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु…

काठमाण्डौमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।

समाज
१२ पुष २०७८, सोमबार ०७:५३
282 views 0 secs 0

सोलुखुम्बुको दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु…

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् । हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ […]

समाज
११ पुष २०७८, आईतवार २०:१४
309 views 0 secs 0

जबरजस्तीकरणीको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ…

रुकुम (पूर्व) मा जबरजस्तीकरणीको उद्योगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाका बालकले चार वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

समाज
११ पुष २०७८, आईतवार १०:५३
281 views 0 secs 0

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु…

नवलपरासीमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा कमला रेग्मी रहेकी छन् । आइतबार बिहानै मर्निङ वाकको क्रममा उनलाई गाडीले ठक्कर दिएको हो । जिल्लाको रामग्राम नगरपालिका–१को सडकमा पैदल यात्रामा रहेकी अन्दाजी ३७ वर्षीया रेग्मीलाई लु २ ख ४०५५ नम्बरको बसले बिहानै करिब साढे ५ बजे ठक्कर दिँदा उनको मृत्यु भएको […]

समाज
८ पुष २०७८, बिहीबार १४:१६
254 views 0 secs 0

मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ…

रामेछापको मन्थलीबाट प्रहरीले सालकको खपटासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली–४ च्याउकेठाँटी घर भएका २६ वर्षीय मनोज थापा र २१ वर्षीय अशोक थापा छन् । सुराकको आधारमा आरोपीहरुको घर खानतलासी गर्दा ३ सय ६६ ग्राम दुर्लव बन्यजन्तु सालकको खपटा भेटिएको रामेछापका डिएसपीले बताए । प्रहरीचौकी सालु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले […]