देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:०४
777 views 1 sec 0

ललितपुरमा १८ वर्षपछि कमब्याक गर्ने एमालेको दाउ, शाख जोगाउने कांग्रेसको प्रयास

१३ मंसिर, काठमाडौं । माओवादीसँग चुनावी तालमेल गर्दा एमालेले धेरै ठाउँमा आफूले जित्ने आँकलन गरिएका सिटहरु पनि छाड्नुपर्‍यो । तर, ललितपुरमा भने माओवादीका साथमा एमालेले १८ वर्षपछि कमब्याक गर्ने रणनीति बनाएको छ । एमालेले ०५६ सालपछि ललितपुरमा चुनाव जितेको छैन । पहिलो संविधानसभा चुनावमा ललितपुरका तीनैवटा सिट माओवादीले जित्यो । ६ वर्षपछि भएको चुनावमा माओवादी […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १४:०१
574 views 0 secs 0

‘म कांग्रेस पार्टीको अध्यक्ष होइन, आचारसंहिता उल्लंघन गरेर हिँड्न’

भद्रपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै ठूला मिडियालाई विज्ञापन नदिएको बताएका छन्। झापाको भद्रपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै ओलीले आफूले नभइ आफ्ना शुभचिन्तकले ठूला अखबारमा शुभकामना दिएको हुनसक्ने बताए। उनले भने, ‘मैले कुनै अखबारलाई विज्ञापन दिएको छैन। कसैले एमालेलाई सहानुभूति राखेर शुभकामना दिन्छ भने त्यो त राम्रै कुरा हो नि। फेरि […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:५९
647 views 0 secs 0

आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्नः रक्षामन्त्री

काठमाडौँ, १३ मंसिर (रासस) – रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताउनुभएको छ । चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:५८
666 views 0 secs 0

उदयपुरमा विद्युतिय धरापमा परेर उम्मेदवार सहित चार घाइते

उदयपुर, १३ मंसिर ( उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवार सहित चार जना गम्भिर घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी चन्द्रमाण श्रेष्ठका अनुसार उदयपुरको प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्की सहित आज बुधबार विहान विद्युतीय धरापमा परी गम्भिर घाइते भएको जानकारी दिए । प्रजिअ श्रेष्ठका अनुसार उदयपुरगढी गाँउपालिका ६ मा पर्ने […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:५६
637 views 0 secs 0

युवा उम्मेदवारबीच कडा प्रतिस्पर्धा

भक्तपुर, १३ मंसिर (रासस) – भक्तपुरका चार प्रदेशसभामा युवा उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रका चार प्रदेशसभा सदस्यका लागि प्रमुख दल नेपाली काँग्रेस, वाम गठबन्धन र नेपाल मजदुर किसान पार्टीले युवालाई उम्मेदवार बनाएपछि प्रदेशसभामा युवाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) मा चाँगुनारायण नगरपालिका […]

देश, समाज
१३ मंसिर २०७४, बुधबार १३:५२
716 views 0 secs 0

३ घन्टा खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस, बालाजुबाट २६ यात्रु लिएर हिँडेको थियो

काठमाडौंबाट अर्घाखाँची जादैँ गरेको बस बुधबार विहान चितवनको फिस्लिङबाट झण्डै २ सय मिटर तल त्रिशुली नदीमा खस्यो। चितवनबाट आइरहेको ट्रकलाई ठक्कर दिएर बस नदीमा खस्न पुग्यो। बस तल खस्दा उछिट्एिर ३० जना खसे । खसेका मध्ये ७ जना मृत अवस्थामा भेटिए।  घाइतेमध्ये ५ जनालाई काठमाडौं ल्याइएको छ भने १६ जनालाई भरतपुर लगिएको छ। २ जना […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:४४
670 views 0 secs 0

राजपाका केन्द्रीय सदस्य यादवसहित दर्जनौँ कार्यकर्ता माओवादीमा प्रवेश

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामशंकर यादवसहित दर्जनौँ नेता/ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाको कल्याणपुर नगरपालिकाको बेल्हामा आयोजित चुनावी सभाको अवसरमा केन्द्रीय सदस्य यादवसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। यादवसँगै राजपाका स्थानीय नेता शिव नारायण यादवको नेतृत्वमा पनि दर्जनौँ स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्। प्रवेश भएका […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:४३
629 views 2 secs 0

मटका चिया पसलमा उम्लिएको राजनीति

राजु शर्मा मटका चिया पसल वीरगन्ज आदर्शनगरको धुलाम्य सडक छेउमै छ। मंगलबार बिहान त्यहाँ दुई चिज उम्लिरहेका थिए-स्टोभमा चिया र छेउका बेन्चमा राजनीतक गफ! हामी उनको चियापसल पुग्दा बिहानको साढे सात बजिसकेको थियो। स्थानीय व्यापारीहरु अर्थात मारवाडीको समूह बिहानी हिँडाइ सकेर सुस्ताएका थिए। यहाँका व्यापारीहरुको यो नित्यकर्म नै हो-बिहानी हिँडाइ सक्ने अनि राजुकोमा आएर चिया […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:४०
781 views 0 secs 0

विज्ञापनबारे आयोगले स्पष्टिकरण सोधेपछि एमालेको रोचक जवाफ

काठमाडौँ । नेकपा एमालेले आफूहरु निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ । पार्टीलाई भोट माग्दै विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेपछि पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो जवाफ दिएको हो । ‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, […]

देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार १३:३९
676 views 0 secs 0

बम विष्फोटमा मारिएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न काङ्ग्रेसको माग

काठमाडौँ । दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेसको सभालाई लक्षित गरी भएको बम विष्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला हिजो भएको बम विष्फोट भएको थियो । विष्फोटमा […]