देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५५
570 views 2 secs 0

देउवा स्टाइल : सिधै माइक, छोटो भाषण

मलंगवा/वीरगञ्ज : सम्भवतः चुनावी अभियानमा सबैभन्दा छोटो भाषण गर्नेमा पर्छन्, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा। धेरैजसो चुनावी सभामा उनी बढीमा ५/७ मिनेट बोल्छन्, आफ्ना कुरा राखिसकेपछि हेलिकप्टर चढ्छन् र अर्को ठाउँमा हुने चुनावी सभामा पुग्छन्। बिहीबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित चुनावी सभामा दिउँसो २ बजे पुग्ने प्रयास गर्दागर्दै पनि उनी २ घण्टा ढिला पुगे। […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५२
583 views 0 secs 0

चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

काठमाडौं : चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधि मण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग अन्तर्गत एशिया ब्यूरोका महानिर्देशक युआन चिपिंगसँग भेट गरेको छ। बुधबार युन्नान प्रान्तको राजधानी कुन्मिंगमा माओवादी प्रतिनिधि मण्डलले भेटवार्ता गरेको हो। माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा विदेश विभागका सचिव युवराज चौंलागाईले नेतृत्व चीन पुगेको टोलीलाई भेट्न महानिर्देशक युआन बेइजिंगबाट कुन्मिंग […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५०
596 views 0 secs 0

सेनाले गस्ती बढायो : विमानस्थलमा पनि सेना

धरान/विराटनगर : उम्मेदवार र चुनावी सभालाई लक्ष्य गरी बम विस्फोटका घटनामा वृद्धि भएपछि सुनसरीमा सेनाले गस्ती बढाएको छ। मंसिर २१ गते हुने निर्वाचनका क्रममा आपराधिक समूहले बम विस्फोट गराउन सक्ने सम्भावित स्थानहरूमा अब सेनाले निगरानी बढाएको हो। सुनसरीका चारै निर्वाचन क्षेत्रका एक सय ६६ मतदानस्थल र पाँच सय २७ मतदान केन्द्रको सुरक्षा गर्ने गरी बिहीबारदेखि […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:४४
665 views 0 secs 0

प्रकाश खोज्दै प्रचण्डका मतदाता

भरतपुर : पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन् । दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो ।पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति भएको घटनालाई भरतपुरका स्थानीयले गम्भीर र संवेदनशील रूपमा लिएका […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:४३
623 views 12 secs 0

गालीगलौजमा प्रतिस्पर्धा

काठमाडौं: चुनावी प्रचारक्रममा कांग्रेस र वाम गठबन्धनका नेता एक-अर्काविरुद्ध खनिन थालेका छन् । जिल्ला दौडाहामा रहेका शीर्ष नेता नै ‘अशिष्ट शैली’ मा गालीगलौजमा उत्रिन थालेका हुन् । एकले-अर्कोलाई लोकतन्त्र मास्ने खेलमा लागेको, पश्चगमन ब्यूँताउन लागेको, सम्मान गर्न नजानेको जस्ता आरोपसहित नेता चुनावी अभियानमा होमिएका छन् । एमाले-माओवादीले पार्टी एकताको सैद्धान्तिक सहमति गरी चुनावी तालमेल गरेसँगै […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:४१
736 views 3 secs 0

विमानस्थलमा पनि सेना

विराटनगर : निर्वाचन नजिकिँदै गर्दा स्थानीय प्रशासनले विराटनगर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले सुरक्षा दिँदै आएको विमानस्थलभित्रको यात्रु कक्षमा सेना खटिएका छन्। अहिले विमानस्थलको मुख्य पोस्टमा सेना र प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन्। विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जिल्लास्तरीय सुरक्षा बैठक बसी विशिष्ट व्यक्तिसमेत आउजाउ गर्ने स्थानमा सुरक्षा निगरानी बढाएको जानकारी दिए। प्रहरीको […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:३९
614 views 0 secs 0

रुकुमका दुई मतदान केन्द्रमा आज पुनः निर्वाचन

रुकुम : गत मंसिर १० गते मतदान स्थगित गरिएका रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बाफीकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित रत्न आधारभुत विद्यालय र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतासैनाको ‘ख’ मतदान केन्द्रमा मतदान भइरहेको छ । आठबिसकोट प्रदेश र प्रनिधिसभातर्फको समानुपातिक र बाफीकोट […]

देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:३७
609 views 0 secs 0

देशभर ८८४ जना सांसद

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन यही मंसिर २१ मा हुँदैछ । यी दुवै चरणबाट निर्वाचित हुने आठ सय २५ जना र राष्ट्रिय सभामा निर्वाचित हुने ५९ जना गरी सांसदको जम्मा संख्या आठ […]

देश, शिक्षा, समाज
१४ मंसिर २०७४, बिहीबार १५:१३
877 views 0 secs 0

के हो तान्त्रिक सेक्स र कसरी सन्तुष्टि लिने

सेक्सलाई आगोसँग तुलना गरिन्छ ।आगोको नियन्त्रण गर्न सिकेपछि नै बनमान्छे मान्छे भएको हो । सभ्यताको विकास भएको हो । आगोको सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ । सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने सिर्जना हुन्छ भएन भने चरित्रको विनास हुन्छ ।सेक्सलाई मुक्तिको लागि माध्यम बनाउन तान्त्रिक सेक्सको अवधारणा अघि सारिएको हो […]

देश, विश्व, समाज
१४ मंसिर २०७४, बिहीबार १५:०९
762 views 2 secs 0

होटलमा बसेर १२० वटा टिभी चोरेको आरोपमा भारतीय पक्राउ

मंसिर १३, २०७४-दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे । […]