देश, समाज
१६ मंसिर २०७४, शनिबार ११:३२
668 views 3 secs 0

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सुनसरी : बराह नगरपालिका–९ स्थित कोशी नदीपारि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बाख्रा चराउन ज‌ंगलमा गएका बेला जंगली हात्तीको आक्रमणबाट कोशीपारिकी ४० वर्षीया रुबी उरावको ज्यान गएको हो। शुक्रबार बिहानै जंगल गएकी उनी साँझ घर नफर्केपछि खोज्दै जाने क्रममा पट्टेर घारीमा मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय […]

देश, समाज
१६ मंसिर २०७४, शनिबार ११:२५
618 views 0 secs 0

दुई महिलाको शंकास्पद मृत्यु

इलाम। फाकफोकथुम गाउँपालिका–१ चित्रेमा दुई महिलाको शंकास्पद मृत्यु भएको छ । यही मंसिर १२ गते बिहान सोही स्थानकी ३२ वर्षीया सन्चु राई गाईको गोठमा मृत फेला परेकी थिइन् । सन्चुको टाउकामा चोट लागेको र गाईले लात्तीले हानेको हुनसक्ने स्थानीयले अनुमान गरेको प्रहरीले जनाएको छ । सन्चुको मृत्यु भएको नजिक गाईलाई खुवाउन राखिएको घाँस नजिक फलामको […]

देश, समाज
१६ मंसिर २०७४, शनिबार ११:२३
611 views 0 secs 0

१९ बर्षको उमेरमै ३ बच्चाको आमा !

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै/रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् । १९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:२२
604 views 0 secs 0

रानीबारीमा रु चौध लाखसहित दुई पक्राउ

महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ । वृत्तका प्रहरी […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:२०
595 views 0 secs 0

प्रदेश २ : पहाडी भोटमा सबैको नजर, भोट एकलौटी पार्न सके निर्णायक

वीरगन्ज – मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान भने अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ । समुदायको भोट निर्णायक हुने देखिँदै छ वीरगन्ज महानगरपालिकाको आधाभन्दा बढी पर्ने पर्सा १ मा । पहिलो मधेस आन्दोलनपछि असुरक्षित महसुस गरिरहेको समुदायले पहाडीप्रति आक्रामक नदखिएको उम्मेदवारलाई भोट दिन थालेका छन् । समुदायको भोट एकलौटी पार्न […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:१७
851 views 0 secs 0

नदीको पानी पिउँदै आएका मतदातालाई आश्वासन नै आश्वासन

कविराज घिमिरे/ धनकुटा, मंसिर १६ । प्रत्येक निर्वाचनमा धनकुटाका नदी किनारका बासिन्दाको लागि ‘घर–घरमा स्वच्छ खानेपानी र खेतीयोग्य फाँटमा नदीको पानी’ भन्ने नारा बन्ने गरेको छ । तर हालसम्म धनकुटाका नदी किनारका अधिकांश बासिन्दा नदी कै दुषित पानी पिउन बाध्य छन् । सिंचाई सुविधा अभावका कारण फाँटिला कृषियोग्य भूमि कृषि उत्पादनको लागि प्रयोग हुन सकेका […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:१४
634 views 0 secs 0

झलनाथ खनाल चढेको गाडी नजिकै बम विस्फोट

१६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटबाट कुनै क्षति […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:११
593 views 0 secs 0

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी

काठमाडौं, मंसिर १६ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी रहेको छ । साढे २७ किलोमिटर सुरुङमध्ये २६ किलोमिटर ६ सय ८९ किलोमिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । सुन्दरीजलमा पानी प्रशोधनका लागि बनाएको साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको पनि […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:०९
693 views 0 secs 0

धान्य पूर्णिमा मेला: दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

नुवाकोट – राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार ११:०७
662 views 0 secs 0

भत्केको घरमा भोट माग्दै पुग्ने उम्मेदवार भन्छन्–चुनाव जिते घर पक्का

काठमाडौं, मंसिर १६ – ‘विगतका सांसदले के गरे ? चुनावी एजेण्डा कहाँ गयो ? हामीलाई दुःख पर्दा कसले हेर्छ ? जसले जिते पनि केही हुने होइन, आफ्नो दुःख रोए जाओस् न धोए ।’ यी र यस्तै गुनासो गर्छन् आम मतदाता । आम मतदाताको जस्तै गुनासो छ भूकम्प प्रभावित जिल्लाका मतदाताको पनि । थप यति मात्रै […]