समाज
२४ जेष्ठ २०७६, शुक्रबार ०५:४४
691 views 0 secs 0

काठमाण्डौमा हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छै

उपत्यकासहित आसपासका केहि जिल्लाहरुमा अहिले बिहानैदेखि हुरी बतास सहित पानी परिरहेको छ । हुरीबतासको त्रासले सर्वसाधारण बाहिर निस्कन सक्ने अवस्था छैन । बिगत केहि दिनदेखि बेलुकीपख हुरी चल्ने गरेको भएपनि आज भने बिहानैदेखि हुरीबतास चल्दै पानी परेको हो । मनसुन शुरु हुने अवस्थामा यस्ता समस्याहरु आइरहने । सर्तक रहन मौसमविदहरुले सुझाव दिएका छन् ।

देश, समाज
२३ जेष्ठ २०७६, बिहीबार १२:५२
1047 views 0 secs 0

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले […]

समाज
२३ जेष्ठ २०७६, बिहीबार १२:१२
790 views 0 secs 0

जङ्गली जनावरको आतङ्क

जिल्लामा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको छ । जनावरका कारण जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता छ । तीन वर्षदेखि बँदेलले बालीमा पु¥याउँदै आएको क्षति सहँदै आएका पाँचखाल नगरपालिका–१३ कोशीदेखाका बासिन्दा अहिले बाँदरको समेत आतङ्क थपिँदा निकै […]

समाज
२३ जेष्ठ २०७६, बिहीबार १२:००
575 views 0 secs 0

अतिविपन्न दलित समुदायको कार्यक्रम अलपत्र…

सरकारले अतिविपन्न दलित परिवारलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रम सिरहा र सप्तरीमा अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण कार्यक्रम अलपत्र परेको हो । कार्यक्रम अलपत्र हुदाँ नयाँ घर पाउने आसमा पुरानो घर भत्काएर बसेका सिरहा र सप्तरीका अतिविपन्न दलित समुदाय समस्यामा परेका छन् । नयाँ घर पाउँछु भन्ने आशामा […]

समाज
२१ जेष्ठ २०७६, मंगलवार ११:३६
696 views 0 secs 0

ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु…

दुर्घटनामा नर्सको मृत्यु कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको  विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ […]

समाज
२० जेष्ठ २०७६, सोमबार १३:३६
633 views 0 secs 0

हावाहुरीले बालिकाको मृत्यु…

आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभयो । जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको […]

समाज
१९ जेष्ठ २०७६, आईतवार १२:४९
694 views 0 secs 0

आगलागीमा पाँच घर जलेर नष्ट…

सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । राशिन्द्र यादवको घरमा विद्युत् चुहिएर भएको आगलागीमा यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान […]

समाज
१९ जेष्ठ २०७६, आईतवार १२:४१
665 views 0 secs 0

एक गाग्री पानीका लागि हप्तामा पालो…

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ । सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा तथा वडा सदस्य रमा नेपालीले बताउनुभयो । पश्चिम पाल्पाको भुवनपोखरीको गोखुङ्गामा ६० घर दलित बस्ती […]

समाज
१९ जेष्ठ २०७६, आईतवार १२:२८
802 views 0 secs 0

अझै केही दिन साँझपख वर्षा हुने…

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हँुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “तीन÷चार दिनसम्म अझै प्रायः अपराह्नपछि […]

समाज
१८ जेष्ठ २०७६, शनिबार १७:४९
639 views 0 secs 0

अग्नि पीडितलाई आर्थिक सहयोग…

घर जलेर गोठमा बस्दै आउनुभएका यहाँका अग्नि पीडित एक परिवारलाई तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । वालिङ नगरपालिका ३ घर भई युके र हङकङमा बस्नेहरुले अग्नि पीडित वालिङ ३ माझकोटका दिमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो । रोजगारीको सिलसिलामा युकेमा बस्दै आउनुभएका माझकोटका खुमबहादुर गुरुङ र हङकङमा बस्दै आउनुभएका मुकबहादुर गुरुङको पहलमा […]