समाज
२० भाद्र २०७६, शुक्रबार १७:२१
696 views 0 secs 0

पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या…

पर्सामा एकैदिनमा तीन जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाका विभिन्न स्थानमा बिहीबार तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी […]

समाज
२० भाद्र २०७६, शुक्रबार १०:३५
617 views 0 secs 0

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप…

बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ । सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय […]

समाज
२० भाद्र २०७६, शुक्रबार १०:२९
766 views 0 secs 0

झोलुङ्गे पुलको निर्माण सम्पन्न…

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राविधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु ३५ लाख ८१ हजार ४६९ को लागतमा निर्माण भएको सो पुलबाट ५४ घरधुरीका ५९४ जनसङ्ख्या लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष डप्रसाद शेरपुजाले बताउनुभयो । यो […]

समाज
२० भाद्र २०७६, शुक्रबार १०:१४
796 views 0 secs 0

हत्याको आरोपमा एक पक्राउ …

हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुव्री गाउँपालिका–१ का ६८ वर्षीय तेन्जेङ दोर्जे लामाको हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय दोर्जे लामालाई बिहीबार पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका लामाले कुटपिट गरी तेन्जेङको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो […]

समाज
२० भाद्र २०७६, शुक्रबार १०:०६
704 views 0 secs 0

खोलाले कार बगाउँदा एकको मृत्यु, दुई घाइते…

दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अविरल वर्षापछि बढेको खोलाले कार बगाउँदा तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल […]

समाज
२० भाद्र २०७६, शुक्रबार १०:०२
686 views 0 secs 0

श्रीमान्ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो…

श्रीमान्ले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

देश, समाज
२० भाद्र २०७६, शुक्रबार ०९:५६
512 views 0 secs 0

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु…

सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । […]

समाज
१९ भाद्र २०७६, बिहीबार १२:५३
554 views 0 secs 0

भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ…

भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पहिलो संविधानसभाका सभासद कार्कीलाई प्रहरीले सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले जानकारी दिए । सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ […]

समाज
१९ भाद्र २०७६, बिहीबार १२:३२
563 views 0 secs 0

कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने…

कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ। कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो। बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ […]

समाज
१९ भाद्र २०७६, बिहीबार १२:१०
727 views 0 secs 0

दाङमा सर्पको टोकाई बाट ७ बर्षीय बालिकाको मृत्यु …

दाङमा सर्पदंश वाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १ सिमलतरा निवासी ७ बर्षीय गोमा वलीको सर्पदंश बाट मृत्यु भएको छ । वलीलाई बुधवार बेलुका ९ बजेतिर आफ्नै घरमा गराँच सर्पले टोकेको थियो । बालिकाको उपचारको लागि मध्यराति पौने १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो ।