समाज
९ आश्विन २०७६, बिहीबार १५:५०
753 views 0 secs 0

प्रेममा फसाएर बिहे गर्छु भन्दै, प्रेमीद्वारा भारतमा बेचिएकी महिला भागेर घर फर्कन सफल…

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा पनि सो घटनाबारे जानकारी गराएका थिए । बैठाले […]

देश, समाज
९ आश्विन २०७६, बिहीबार १३:४९
494 views 0 secs 0

नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना…

मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख […]

समाज
९ आश्विन २०७६, बिहीबार १३:४०
686 views 0 secs 0

पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु…

पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै […]

समाज
८ आश्विन २०७६, बुधबार १७:२४
640 views 0 secs 0

मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु…

उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ। लोमान्थाङ गाउँपालिका वडा नमबर ५, तिरी खेजु डाँडाको अवलोकनको क्रममा बिरामी परेका १४ एएल ७४५९० नम्बरको राहदानी बाहक ४५ वर्षीय फ्रान्सेली नागरिक जेन मार्क ब्रान्चार्डको मुस्ताङको जोमजोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।उच्च हिमाली भागमा लेक लागेर उनी बिरामी भएको र सोही कारणले उनको […]

समाज
८ आश्विन २०७६, बुधबार १६:४४
835 views 0 secs 0

झापामा ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता…

झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले […]

समाज
८ आश्विन २०७६, बुधबार १५:२८
1048 views 0 secs 0

भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु…

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न […]

समाज
८ आश्विन २०७६, बुधबार १५:१६
517 views 0 secs 0

प्रधानमन्त्रीले म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ भन्दै सम्झना गरे युवा उमेर…

“म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाइ जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।” प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको […]

समाज
८ आश्विन २०७६, बुधबार १४:०३
499 views 0 secs 0

महाकालीमा श्रीमान विदेश गएको बेला घरेलु हिंसा गर्ने परिवारलाई कैद सजाय…

महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन÷तीन महीना कैद र जनही रु २० हजार […]

समाज
८ आश्विन २०७६, बुधबार १३:४६
735 views 0 secs 0

मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैँची प्रहार गरी श्रीमतीको हत्या, अहिले छोराछोरी बिचल्लीमा

मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र […]

समाज
८ आश्विन २०७६, बुधबार १३:१०
603 views 0 secs 0

कपिलवस्तुमा एक उद्योग आगलागी…

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकास्थित एक उद्योगमा आगलागी भएको छ । मंगलबार मध्यरात विद्युत सर्ट भएर नेपाल फेब्रिक इष्ड्रष्टिजमा आगलागी भएको हो । आगलागीबाट ४ करोडको क्षति भएको उद्योग सञ्चालकले जनाएका छन् । उद्योगमा आगलागी भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल बोलाइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा ठूलो क्षति भएको बताइएको छ […]