शिक्षा
३१ जेष्ठ २०७६, शुक्रबार १५:३६
669 views 0 secs 0

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्छ ः मुख्यमन्त्री गुरुङ …

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा निर्माण गरिएको भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सामुदायिक विद्यालय गुणस्तरीय शिक्षा प्रदानका लागि सक्षम रहेको प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री गुरुङले अहिलेको शिक्षा प्रणाली […]

शिक्षा
२४ जेष्ठ २०७६, शुक्रबार १५:१९
812 views 0 secs 0

सोनाहका बालबालिका उच्च शिक्षाबाट वञ्चित…

बर्दियाको गेरुवा गाउँपालिकाका सोनाहका बालबालिका उच्च शिक्षा लिनबाट वञ्चित भएका छन् । नदी किनारमा बसेर जीविका चलाउँदै आएका सोनाहका बालबालिका शुरुमा विद्यालयमा भर्ना भए पनि बीचैमा विद्यालय छोड्ने गरेका छन् । “आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु १०÷१२ वर्ष पुगेपछि विद्यालय जानुको सट्टा नदी किनारामा माछा मार्न वा सुन खोज्न हिँड्छन्”, सोनाहका अगुवा दुखराम सोनाहले […]

शिक्षा, समाज
२४ जेष्ठ २०७६, शुक्रबार १२:२१
989 views 0 secs 0

विद्यालयलाई ल्यापटप वितरण…

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयलाई बिहीबार ल्यापटप उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले महादेव मावि बेगलाई चार, अमर मावि चिमखोलालाई तीन, मुक्तिधाम मावि भगवतीलाई चार, […]

शिक्षा
२५ चैत्र २०७५, सोमबार १३:१७
1053 views 0 secs 0

एसइईः भाइको नाममा परीक्षा दिने दाइ पक्राउ

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ। मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो। गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको […]

शिक्षा
२२ चैत्र २०७५, शुक्रबार १२:१५
1056 views 0 secs 0

रद्द भएको प्रदेश नं २ कोे एसइई परीक्षा आजदेखि सुरु…

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा आजदेखि पुनः सुरु भएको छ। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डको गत सोमबार बसेको बैठकले सो निर्णय गरेको थियो। लगातार प्रश्नपत्र बाहिरिन थालेपछि सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिएको हो। प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा आज भइरहेको छ भने सामाजिक विषयको […]

शिक्षा
१६ चैत्र २०७५, शनिबार १३:०४
735 views 0 secs 0

विद्यार्थीहरुले सप्तरीमा बिहानै देखि पूर्वपश्चिम राजमार्गमा चक्काजाम …

विद्यार्थीहरुले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्ग नगरपालिकास्थित कल्याणपुर र खरचुहियामा चक्काजाम गर्दा सयौं सवारी साधन रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । लगातार प्रश्नपत्र आउट हुँदा परीक्षा नै स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीहरुले बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक […]

शिक्षा
१५ चैत्र २०७५, शुक्रबार १३:५९
703 views 0 secs 0

प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन …

१५ चैत, जनकपुरधाम । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगन भयो । विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो । विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकश्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस […]

शिक्षा
१२ चैत्र २०७५, मंगलवार १७:१३
1019 views 0 secs 0

१० वर्ष भित्र निजी क्षेत्रका विद्यालयको आवश्यक्ता नै नपर्ने निष्कर्ष …

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले मंगलबार समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको प्रतिवेदनमा सरकारी विद्यालयको सुधार गर्ने वित्तिकै निजी क्षेत्रका विद्यालयको आवश्यक्ता नै नपर्ने निष्कर्ष निकालिएको छ। शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने सुझावसहितको प्रतिवेदन समितिमा […]

शिक्षा, समाज
२६ फाल्गुन २०७५, आईतवार १७:०१
1034 views 0 secs 0

नारीका लागि बलिया नीति र नारा …

काठमाडौँ — छ दशकअघि नेपालको पहिलो आम निर्वाचनमा द्वारिकादेवी ठकुरानी निर्वाचितमात्र भइनन्, मुलुककै पहिलो मन्त्री बनिन् । बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उनी स्वास्थ्य तथा स्थानीय स्वशासन सहायकमन्त्री थिइन् । विश्वका कति मुलुक महिला मताधिकारका लागि संघर्ष गर्दै थिए । स्विट्जरल्यान्डमै त्यसको १२ वर्षपछि मात्र संघीय निर्वाचनमा महिलाले मताधिकार पाएका थिए । राजनीतिक–सामाजिक जागरण र महिला आन्दोलनको उपलब्धि […]

शिक्षा
२४ मंसिर २०७५, सोमबार १३:२९
714 views 0 secs 0

ई–प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ हुँदै

काठमाडौं । सन् २००५ मा काठमाडौंमा आफ्नो कार्यालय स्थापनागरी अष्ट्रेिलयामा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको ई–प्लानेट (एजुकेसन प्लानेट) कन्सलटेन्सिले यही मंसिर १ गते शनिवार ई—प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१८ को आयोजना गर्ने भएको छ । बागबजार काठमाडौंमा रहेका आफ्नै कार्यालयमा आयोजना गर्न लागिएको फेयरमा अष्ट्रेलियका पैंतिस वटा कलेज तथा विश्वविद्यालयहरुको […]