विश्व
६ पुष २०७५, शुक्रबार १६:०७
731 views 0 secs 0

अमेरिकी रक्षामन्त्री जीम म्याटिसद्वारा राजीनामा

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रक्षामन्त्री जीम म्याटिसले आगामी फेब्रुअरी महिनाबाट अवकाश लिने जानकारी दिँदै ट्वीट गरेसँगै रक्षामन्त्रीले राजीनामा दिएका हुन् । ट्रम्पको मन्त्रीमण्डलमा विवादरहित मन्त्रीको छवि कायम गरेका म्याटिस र ट्रम्पबीच सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा विवाद भएको बताइएको छ। अमेरिकी सेनाको जेनेरल रहिसकेका म्याटिस एक्कासी सिरियाबाट सेना हटाउँदा त्यसले दिर्घकालिन […]

विश्व
६ पुष २०७५, शुक्रबार १५:५४
838 views 0 secs 0

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसले दिए राजीनामा

वासिङटन – अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन्। सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले विरोध जनाएका छन्। ट्रम्प प्रशासनमा निकै सम्मानित विदेश […]

विश्व
६ पुष २०७५, शुक्रबार १५:३२
896 views 0 secs 0

रुसी राष्ट्रपतिले भने ‘दोस्रो बिहे गर्नसक्छु’, यी सुन्दरी हुनसक्छिन् पत्नी

मस्को। ६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका छन् । बिहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनमा पुटिनले अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्थाबारे कुरा गर्दै थिए । पत्रकारको प्रश्नको जवाफ दिइरहेको पुटिनलाई एकाएक एक पत्रकारले आफ्नो कुनै एउटा रहस्य उजागर गर्न चुनौती दिए जुन रहस्य […]

विश्व
६ पुष २०७५, शुक्रबार १४:४२
674 views 0 secs 0

म्याडागास्करको चुनाव : राष्ट्रपतिका दुबै उम्मेदवारले गरे जितको दाबी

अन्तानानारिभो– म्याडागास्करको राष्ट्रपतिको चुनावमा उठेका दुबै उम्मेदवारले आ–आफू विजयी भएको दाबी गरेका छन् । हिन्द महासागरको टापुराष्ट्र म्याडागास्करमा सत्ताका लागि दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । दोस्रो चरणको यस चुनावमा दुबै उम्मेदवार आन्द्रे राजोलिना र मार्क राभालोमानानाबीच तीव्र प्रतिस्पर्धा छ । चुनावको नतिजा जसको पक्षमा आएपनि चुनावमा धाँधली भएको आरोप लाग्ने सम्भावना छ । ‘भोलि […]

विश्व
६ पुष २०७५, शुक्रबार ११:४९
785 views 0 secs 0

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

मड्रिड – स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाकामा परी अन्य १२ जना बेपत्तासमेत भएका छन्। स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार यस घटनाबार सञ्चारमाध्यमलाई जानकारी गराएका छन्। दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ। उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो […]

विश्व
६ पुष २०७५, शुक्रबार ११:४१
683 views 0 secs 0

ट्रम्पका रक्षामन्त्रीले अचानक दिए राजिनामा, आखिर किन ?

बीबीसी अमेरिकी राष्ट्रपतिका रक्षामन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन् । अमेरिकी राष्टप«ति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी फौज फर्काउने घोषणा गरेको भोलिपल्टै अकस्मात् जनरल म्याटिसको यस्तो निर्णय बाहिरिएको हो । उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवानिवृत्त हुन लागेको घोषणा गरेका छन् । उनले म्याटिसको उत्तराधिकारिको नाम भने उल्लेख गरेनन् । उनले […]

विश्व
५ पुष २०७५, बिहीबार १५:४३
792 views 0 secs 0

जब रातो झोला बोकेर ओवामा बाल अस्पताल पुगे…

बासिंटन- हाम्रो देशमा विशिष्ट व्यक्ति आमरुपमा सडकमा हिँडिरहेको देख्न मुस्किल नै हुन्छ। सुरक्षामा खटिने अगुवा पछुवा गाडिलाई प्रतिष्ठाको विषय बनाउने चलन नै बनेको छ। नीजि सुरक्षा अधिकारीको लागि मरिहत्ते गर्नेहरुको भिड पनि उस्तै छ। यही भिडमा केही विश्व नेताहरु सामान्य जीवनयापन गरेका भेटिन्छन्। उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको जीवनशैलीले तामझामपूर्ण जीवन विताउने नेताहरुलाई गिज्याइरहन्छ। क्रिसमस आउनै […]

विश्व
५ पुष २०७५, बिहीबार ११:१६
964 views 0 secs 0

ग्रिनल्यान्डः संसारको १२ औं ठूलो देश तर जनसंख्या ५६ हजार, चीनको नजर किन ?

बीबीसी चीन हज्जारौं किलोमिटर टाढा एउटा यस्तो देशमा खुट्टा पसारिरहेको छ जसले अमेरिकाको चिन्ता बढाएको छ । संसारको सबैभन्दा ठूलो अर्थव्यवस्थाको दोस्रो स्थानमा भएका कारण चीनका व्यापारी र राजनेताको एशिया, अफ्रिका र ल्याटिन अमेरिकाको हरेक स्थानमा दखल छ । अब चीन संसारको सुदुर भाग आर्कटिकमा रुची देखाइरहेको छ । आर्कटिक सर्कलबाट बेइजिङको दुरी तीन हजार […]

विश्व
४ पुष २०७५, बुधबार १६:११
770 views 0 secs 0

सुरक्षा खतराको प्रमाण देखाउन अमेरिकालाई हुवावेको चुनौती

डोन्गुआन- चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए। उनले अस्ट्रेलिया र अरु बजारमा पाँचौं पुस्ताको दूरसञ्चार […]

विश्व
४ पुष २०७५, बुधबार १३:१२
721 views 0 secs 0

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन्। ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि […]