देश, राजनीति
२१ मंसिर २०७८, मंगलवार १६:१८
410 views 0 secs 0

राष्ट्रिय सभा चुनाव पुस २० गते उम्मेदवारी दर्ता…

निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले […]

राजनीति
२१ मंसिर २०७८, मंगलवार १५:४१
248 views 0 secs 0

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुधार हुँदैन…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए । तर उनले राजीनामा वा महाभियोग […]

राजनीति
२१ मंसिर २०७८, मंगलवार १०:०९
252 views 0 secs 0

कांग्रेसको साझा उम्मेदवार बनाउन पौडेल पक्षको बैठक बस्दै…

कांग्रेसको महाधिवेशन सुरु हुने दिन नजिकिँदै गए पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुङ्गो लागेको छैन । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोज्नु भएको छ । यस्तै, संस्थापन इतरबाट सभापतिकै उम्मेदवार […]

राजनीति
२० मंसिर २०७८, सोमबार १५:३४
300 views 0 secs 0

बरु राजीनामा दिन तयार छु तर एमसीसी टेबल गर्दिन : सभामुख अग्नि सापकोटा

सभामुख अग्नि प्रसाद सापकोटा कुनै हालतमा एमसीसी सदनबाट पास हुन् नदिने पक्षमा देखिएका छन्। अमेरिकी अनुदान (मिलेनियम च्यालेन्ज कर्पोरेशन) एमसीसीका बिषयमा राजनीतिक दलबीच सहमति नजुटीसकेको अवस्थामा सभामुख सापकोटाले पास हुन नदिन मुख्य भूमिका निर्वाह गर्ने भएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथास्थितिमा पास नहुने बताउदै आएकाकोमा उनकै निर्देशनमा सभामुख बनेका सापकोटाले […]

राजनीति
२० मंसिर २०७८, सोमबार १४:०२
265 views 0 secs 0

काँग्रेस नेता खतिवडा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा…

नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको […]

राजनीति
२० मंसिर २०७८, सोमबार १०:१८
211 views 0 secs 0

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्‍यो…

नेकपा (एमाले)का सचिव प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । एमाले महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतबार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए । जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा […]

राजनीति
२० मंसिर २०७८, सोमबार ०८:१०
224 views 0 secs 0

प्रदेश १ काँग्रेस सभापतिमा थापा विजयी…

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा जीत हात पारेका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् । १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस […]

राजनीति
१९ मंसिर २०७८, आईतवार १७:२६
229 views 0 secs 0

राप्रपाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ ग्रहण गरेका छन्। आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन्। नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरु र महामन्त्रीहरुलाई बस्नेतले शपथ […]

राजनीति
१९ मंसिर २०७८, आईतवार १६:४३
242 views 0 secs 0

रेखा थापा : फिल्ममा नम्बर एक, राजनीतिमा उत्तीर्ण हुन बाँकी

नेपाली चलचित्रमा नायिका निरुता सिंहको रोनाधोनाबाट दिक्क भएका दर्शकले ‘हिरो’बाट डेब्यु गरेकी नायिका रेखा थापाको स्टाइललाई रुचाए । दुई दशकअघि रेखा थापाले चलचित्र क्षेत्रमा डेब्यु गर्दै गर्दा उनको ‘बोल्ड’ शैलीले दर्शकको मन जित्यो । यसपछि त रेखाले नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज नै गरिन् । अधिकांश चलचित्र नायक (अभिनेता) केन्द्रित बनिरहेका बेला रेखाले नायकको परिभाषा […]

राजनीति
१९ मंसिर २०७८, आईतवार १३:१६
552 views 3 secs 0

केपी ओलीले ३ वर्ष सम्म जनता लुटेको पैसाले सौराहामा मोज, नारायणीमा तमासा देखाए : बुद्धि जिशी

केपी ओलीले ३ वर्ष सम्म जनता लुटेको पैसाले सौराहा को होटल र नारायणघाट मा तमासा देखाए भन्दै जंगिए माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य बुद्धि जीशी … गुल्मी काठमाण्डौ संपर्क मञ्चको एक भेलामा बुद्धि जिशीले केपी ओलीले चितवनमा गएर भरतपुर महानगर पालिकाको विकास देखेर आए । एमालेले ३ वर्ष सम्म झुटको खेती गरेर हरेक तरह बाट […]