राजनीति
२६ मंसिर २०७८, आईतवार ११:२५
237 views 0 secs 0

कांग्रेस १४औँ महाधिवेशनमा मत माग्न व्यस्त नेता तथा कार्यकर्ता…

नेपाली कांग्रेसका नेता कार्यकर्ता मत माग्न व्यस्त भएका छन् । १४ औँ महाधिवेशनमा आफ्ना नेतालाई मत दिन आग्रह गर्न नेता कार्यकर्ता बिहानैदेखि व्यस्त भएका छन् । कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त भएका हुन् । भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको […]

राजनीति
२६ मंसिर २०७८, आईतवार ०७:५३
291 views 0 secs 0

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय…

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज बिहान ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएकाे छ । हिजो विभिन्न पदमा उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहेमा आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको […]

राजनीति
२५ मंसिर २०७८, शनिबार १२:११
296 views 0 secs 0

हाम्रो टीममा नेपाल समेटिएको छ, नजित्ने कुरै छैन : सुजाता कोइराला

काँग्रेस नेतृ सुजाता कोइरालाले सबैलाई ‘सरप्राइज’ दिँदै प्रकाशमान श्रेष्ठ क्याम्पमा उभिएकी छिन् । उनले प्रकाशमानको प्यानलबाट उपसभापति पदमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने भएकी हुन् । शनिबार बिहान प्रकाशमानसँगै भेटिएकी सुजाताले संक्षिप्त कुराकानीमा १४ औँ महाधिवेशनबाट नयाँ अनुहार ल्याउनका लागि उनलाई आफूले समर्थन गरेको बताइन् । उनले भनिन्, ‘महाधिवेशनबाट नयाँ अनुहार आउनुपर्छ । नयाँ अनुहार आएपछि […]

राजनीति
२५ मंसिर २०७८, शनिबार ०९:२१
358 views 0 secs 0

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु…

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरमा सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटी सदस्यहरुको मनोनयन, पोलिटब्युरो गठन र स्थायी कमिटीको गठन हुनेछ । यस्तै केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र […]

राजनीति
२५ मंसिर २०७८, शनिबार ०९:०७
302 views 0 secs 0

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज…

नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश […]

राजनीति
२४ मंसिर २०७८, शुक्रबार १६:१७
408 views 0 secs 0

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन शुरु…

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, […]

राजनीति
२४ मंसिर २०७८, शुक्रबार १०:४४
272 views 0 secs 0

नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित …

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ […]

राजनीति
२४ मंसिर २०७८, शुक्रबार ०८:००
225 views 0 secs 0

कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुुरु हुँदै…

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति […]

राजनीति
२२ मंसिर २०७८, बुधबार १०:४४
258 views 0 secs 0

देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : प्रेमबहादुर आलेले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका कुनै पनि काम र गतिविधि नगर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा मन्त्रालयले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले तीन करोड नेपाली नागरिककाे हितका लागि काम गर्न आफू मन्त्री भएकाले पदमा रहँदा वा नरहँदा गलत काम कहिल्यै […]

देश, राजनीति
२१ मंसिर २०७८, मंगलवार १७:४८
312 views 0 secs 0

अन्य पार्टीमा पनि राजाको हस्तक्षेप हुनसक्छ, म धर्मसंकटमा परेको छु : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् । शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएको भन्दै […]