राजनीति
२५ मंसिर २०७४, सोमबार १३:५०
734 views 0 secs 0

यी हुन् हारेका ‘हेभि वेट’ नेता

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म आएको नतिजा अनुसार ठूला पार्टीका प्रभावशाली नेताहरु पनि पराजित भएका छन् । यसरी पराजित हुनेमा एमाले र माओवादी केन्द्रका उपाध्यक्षदेखि राप्रपा अध्यक्षसम्म छन् । यस्तै, पराजित हुनेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १३:४२
600 views 0 secs 0

लमजुङमा करिब पाँचहजार मत बदर

लमजुङ -मतदाता शिक्षा प्रभावकारी नहुँदा लमजुङमा करिब पाँच हजार मत बदर भएको पाइएको छ । प्रतिनिधि र प्रदेशसभा गरी चार हजार ९३७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक लाख १५ हजार ४४९ मत रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि मात्रै ७७ हजार १६४ मत खसेको थियो सोमध्ये दुई हजार […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १३:४०
573 views 0 secs 0

कैलाली ५ मा पराजित बनेपछि के भनिन् आरजु राणाले ?

कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणाले  विजयी हासिल गर्ने नारदमुनि रानालाई बधाई दिएकी छिन् । सोमबार धनगढीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै राणाले आफू पराजित भएपनि यो क्षेत्रको विकासका लागि निरन्तर क्रियाशिल भइरहने प्रतिबद्धता जनाइन् । ‘चुनाव भनेको एउटा लोकतान्त्रिक प्रक्रिया हो । हारजित भइरहन्छ’, उनले भनिन्, ‘ हारेपनि निरन्तर […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १३:०६
609 views 0 secs 0

यस्तो छ प्रचण्डको राजनीतिक इतिहास

चितवन, मंसिर २५ – गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं.२०११ साल मंसिर २६ गते ढिकुरपोखरी –२, कास्कीमा भएको हो । मुक्तिराम दाहाल र भवानी दाहालका छोरा प्रचण्डले कृषि तथा पशु विज्ञानमा स्नातक गर्नुभएको छ । ४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका प्रचण्डले राजनीतिमा आउनुपूर्व झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:५८
634 views 0 secs 0

सपना साकार पार्न राम्रो नीति र व्यवहारका साथ अघि बढ्छाैं :ओली

विराटनगर, मंसिर २५ – एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखिका सपना साकार पार्ने बेला आएको बताउनुभएको छ । काठमाडाैंबाट झापा जाने क्रममा विराटनगर विमानस्थलमा उहाँले ताजा जनादेशपछि वर्षौंदेखिका सपना साकार पार्ने अवस्था आएको बताउनुभएको हो । नयाँ परिणाममार्फत नेपाली नागरिकले वाम दललाई ठूलो भरोसा गरेको स्पष्ट भएकाले त्यो भरोसालाई यथार्थमा बदल्न सही नीति र सही […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:५७
720 views 0 secs 0

मतपेटिकामा पैसा र अर्धकट्टी सहितको मतपत्र भेटिए पछि सुनसरी ३ को मतगणना स्थगित

सुनसरी, मंसिर २५ – सुनसरी ३ को मतगणना स्थगित भएको छ । मत पेटिकामा अर्धकट्टी सहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट भेटिएपछि विवाद भएको छ । विवाद भएपछि मतगणना स्थागित छ । अधकट्टी सहित भेटिएका मत पत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लागेको बताइन्छ । सुनसरी ३ मै गणना भइरहेको मतपत्र भित्र […]

राजनीति, शिक्षा
२५ मंसिर २०७४, सोमबार १२:४७
993 views 3 secs 0

कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’

मंसिर २५, २०७४-प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला बोलाउन भनेको र […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:२७
692 views 3 secs 0

नवलपरासीमा वाम र कांग्रेस बराबरी

मंसिर २५, २०७४-पूर्वी नवलपरासीको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा कांग्रेस नेता सशांक कोइराला विजयी भएका छन् । उनले ३७ हजार ३ सय ७३ मत पाए ।कोइरालाका प्रतिस्पर्धी एमाले उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ८ सय ४६ मत पाए । यस्तै, क्षेत्र नम्बर २ मा वाम गठबन्धन विजयी भएको […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:२४
773 views 3 secs 0

सिटौलाले एयरपोर्टमा पत्रकारलाई भने, ‘बोल्ने मुडमा छैन’

मंसिर २५, २०७४-राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारसँग प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । चुनाव हारेपछि काठमाडौं फर्कन भद्रपुर एयरपोर्टमा रहेकाबेला स्थानीय सञ्चारकर्मीले चुनावको प्रतिक्रिया लिन खोज्दा अस्वीकार गरे । ‘कसैसँग बोल्ने मुड छैन,’ उनले कुरा टुंग्याउँदै भने, ‘फाउको मान्छे होइन म, बाटोमा भेटेकै भरमा प्रतिक्रिया दिने ।’ चुनावी विजयसभाका लागि […]

राजनीति
२५ मंसिर २०७४, सोमबार १२:१७
553 views 2 secs 0

प्रतिनिधि र प्रदेशसभा चुनाव मतपरिणाम : ३ सय ८८ क्षेत्रको सार्वजनिक

मंसिर २५, २०७४-प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार बिहान ११ बजेसम्म १ सय ४२ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अब २३ क्षेत्रको नतिजा बाँकी छ । परिणाम आएकामध्ये वाम गठबन्धनले १ सय ४ स्थानमा विजय हासिल गरेको छ । गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ७३ र माओवादी केन्द्रले ३१ […]