भूकम्प, मृत्यु
३ मंसिर २०८०, आईतवार १९:३०
16 views 0 secs 0

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ८ पुग्यो

३ मंसिर, काठमाडौँ। दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्। भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । […]

भूकम्प, मृत्यु
३ मंसिर २०८०, आईतवार १८:३९
18 views 0 secs 0

रूकुम पूर्वमा फेरि भूकम्प

३ मंसिर, काठमाडौँ। रूकुम पूर्वमा आज भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक-पटक परकम्प गइरहेकोरूकुम पूर्वमा आज भूकम्प गएको छ।

भूकम्प, समाज
१९ कार्तिक २०८०, आईतवार ०५:४२
13 views 0 secs 0

नेपालगञ्‍ज बासीले भूकम्पमा घाइते भएका हरुलाई रक्तदान गर्दै

१९ कात्तिक, बाँके । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगञ्‍जवासी जुटेका छन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगञ्‍जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए । भेरी अस्पतालमा गए राति […]

भूकम्प
१९ कार्तिक २०८०, आईतवार ०४:२८
8 views 0 secs 0

विपद् जोखिम न्यूनीकरण गर्न राष्ट्रिय परिषदको बैठक बस्दै

१९ कात्तिक, काठमाडौं। प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’  रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हुने  जानकारी गृह मन्त्रालयले दिएको छ। आज आइतबार बिहान ९.३० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा, प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा […]

भूकम्प, समाज
१९ कार्तिक २०८०, आईतवार ०३:४३
11 views 0 secs 0

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गयो

१९ कार्तिक, काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु […]

देश, भूकम्प
१८ कार्तिक २०८०, शनिबार ०४:२६
11 views 0 secs 0

उद्धार टोलीलिएर गएको सेनाको हेलिकप्टर अवतरण हुनसकेन

भूकम्प प्रभावित रूकुम पश्चिम गएको नेपाली सेनाको हेलिकप्टर चौरजहारीमा अवतरण गर्न नसकी सुर्खेत पुगेको छ। शनिबार मेडिकल टिम र उद्धार टोली लिएर गएको सेनाको २ वटा हेलिकप्टर चौरजहारी विमानस्थलमा अवतरण गर्न नसक्दा सुर्खेत डाइभर्ट भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।  

देश, भूकम्प
१८ कार्तिक २०८०, शनिबार ०४:००
8 views 0 secs 0

भूकम्प पिडितको अवस्था बुज्न प्रधानमन्त्रि जाजरकोटमा

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ” प्रचण्ड ”  भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् । आज राति ११ बजेर ४७ मिनेट जाादा भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ […]