देश, समाज
२५ जेष्ठ २०७६, शनिबार ११:३०
586 views 0 secs 0

असहाय बालबालिकाको अभिभावक रेन्बो

समाजका गरीब, विपन्न एवं असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर अभिभावक बनेको छ । सानो उमेरमा आमाबुबा गुमाएसँगै बेसहारा बनेका बालबालिकाको लागि सो बालगृह अभिभावक बनेको छ । स्याङ्जाको ग्रामीण क्षेत्रमा आफन्त गुमाएपछि कष्टकर जीवन बिताउन बाध्य एकै परिवारका तीन जना बालबालिकालाई ल्याएर २०६२ सालमा शुरु गरिएको बालगृहले अहिले ६५ बालबालिकालाई प्रत्यक्ष र परोक्षरुपमा सहयोग […]

देश, समाज
२५ जेष्ठ २०७६, शनिबार ११:१३
867 views 0 secs 0

विदेशबाट रित्तो हात ः तरकारी खेतीबाट फलिफाप

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ । म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीनदशक अघि २० वर्षे उमेरमा गरीबीका कारण साहुसँग ऋण लिएर […]

देश
२४ जेष्ठ २०७६, शुक्रबार १७:०६
736 views 0 secs 0

उपत्यकामा आइतबार सार्वजनिक बिदा…

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । –––रासस

देश, समाज
२४ जेष्ठ २०७६, शुक्रबार १२:३९
2101 views 1 sec 0

वातावरण संरक्षणका लागि बुटिक चौतारी…

संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा यहाँका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ । पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका छन् । सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा […]

देश
२३ जेष्ठ २०७६, बिहीबार १६:१०
983 views 0 secs 0

पेट्रोलियम पदार्थको अभाव…

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन्। नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो। झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो। तर […]

देश, समाज
२३ जेष्ठ २०७६, बिहीबार १२:५२
1047 views 0 secs 0

धनगढी विमानस्थल अझै एक साता बन्द रहने

एक महीनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ । गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले […]

देश
२२ जेष्ठ २०७६, बुधबार १७:१२
641 views 0 secs 0

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा आज भिडियो सन्देश दिँदै उहाँले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताउनुभयो । गत वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ […]

देश
१९ जेष्ठ २०७६, आईतवार १६:२४
1986 views 0 secs 0

रानीमहल बचाउन आग्रह…

‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा […]

देश
१८ जेष्ठ २०७६, शनिबार १२:४१
701 views 0 secs 0

मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना…

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन […]

देश
१७ जेष्ठ २०७६, शुक्रबार १२:३६
705 views 0 secs 0

बजेट विश्लेषण : लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट…

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷७७ का लागि बुधबार मुलुकको आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । गत वर्ष बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रहेको थियो । बजेट आएपछि यस बजेटका राम्रा–नराम्रा पक्षबारे […]