देश
३१ असार २०७६, मंगलवार १५:३९
505 views 0 secs 0

लोकसेवाको विज्ञापनविरुद्ध जुलुस…

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार कामठाडौंमा प्रदर्शन गरेको छ । माइतीघमरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदाय सहभागी थिए । माइतीघरमा भेला हुनुअघि सुन्धारा, बानेश्वर र थापाथलीबाट र्‍याली निकालिएको थियो । संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको […]

देश
३१ असार २०७६, मंगलवार १४:४६
547 views 0 secs 0

मनसुनी गतिविधि देशभर कमजोर हुँदै…

मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक-दुई दिन देशका केही स्थानमा भारी वर्षा हुने छ । त्यसैले आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ । […]

देश
२७ असार २०७६, शुक्रबार १५:५९
702 views 0 secs 0

स्कूल बसमाथि रुख ढल्यो : कञ्चनपुर

केहि दिन अगाडिबाट देशभर भईरहेको वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । शुक्रबार विहानै सिहँदरबारको पूर्वीतर्फको पर्खाल नै भत्किएको छ भने उता कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

देश
२७ असार २०७६, शुक्रबार १३:३०
617 views 0 secs 0

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा…

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट […]

देश
२७ असार २०७६, शुक्रबार ११:५८
511 views 0 secs 0

तातोपानीबाट आयात शुरु …

एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा […]

देश
२७ असार २०७६, शुक्रबार १०:४८
526 views 0 secs 0

सडकले नै खनेको खाल्डोमा मान्छे डुब्ने त्रास …

झापाको मेचीनगर–१३ स्थित चारआलीमा सडक किनारमा पानी निकासका लागि भन्दै लापरवाहीपूर्वक खनिएका गहिरा खाडल नपुरिँदा ठूलो दुर्घटना हुने सम्भावना बढेको छ । केचना–चारआली मार्गअन्तर्गत चारआलीको दक्षिण सडकको पूर्वी किनारमा मान्छे डुबाउने गहिरा खाडल सडक निर्माणकै क्रममा खनिएका थिए । नालीको नाममा खाडल खनिएको महीनाँै भइसक्दासमेत न त ढल निकास र ढक्कनको व्यवस्था गरिएको छ, न […]

देश
२६ असार २०७६, बिहीबार १७:२६
551 views 0 secs 0

घुस लिएको अभियोगमा पक्राउ …

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ । विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ । आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट पक्राउ गरिएको थियोे । आरोपी विष्टको […]

देश, राजनीति
२५ असार २०७६, बुधबार १०:५१
930 views 1 sec 0

विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानहान, एक प्रहरी एक विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरकाे सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए। उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा […]

देश
२२ असार २०७६, आईतवार १४:४१
605 views 0 secs 0

जग्गाको अभावमा भवन बन्न सकेनन् …

वर्षदिन लगाउँदा पनि गलकोट नगरपालिका–१ दुदिलाभाटीमा स्वास्थ्यचौकी र वडा नं–९ को वडा कार्यालय भवनका लागि जग्गा व्यवस्थापन हुन सकेको छैन । चालू आवमा सञ्चालित नगर गौरवका योजनामा दुवै भवन निर्माण गर्ने उल्लेख छ । नगरपालिकाका ती वडाभित्र सार्वजनिक जग्गा नहुँदा भवन निर्माणको लागि जग्गाको समस्या भएको हो । निजी जग्गा खरीदको प्रक्रिया अघि बढे पनि […]

देश
२२ असार २०७६, आईतवार १२:११
965 views 0 secs 0

गुणस्तरहीन काम गर्नेलाई कारवाही हुन्छ—मन्त्री राई

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पूर्वाधार संरचना निर्माणमा गुणस्तरहीन काम गर्ने जो कोहीलाई पनि कारवाही गरिने बताउनुभएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयले आज नेपालगञ्जमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भौतिक पूर्वाधार निर्माणका क्रममा वातावरण विनाश हुन नदिन सरकार सचेत छ भन्नुभयो । “नेपालगञ्जमा सडक तथा नाला निर्माणका क्रममा जसबाट गल्ती भएको छ, त्यो […]