देश
११ श्रावण २०७६, शनिबार ११:१५
467 views 0 secs 0

पञ्चेबाजाले चिनिएको धौलागिरि …

युवापुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने चलन लोप हँुदै गएको छ । विवाह, व्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा लोपोन्मुख अवस्थामा छ । नयाँपुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हँुदै गएको हो । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको छ […]

देश
११ श्रावण २०७६, शनिबार ११:०४
743 views 0 secs 0

अलैँची जोन क्षेत्र विस्तार …

जिल्लाको सिदिन र एकतिनमा २०७३÷७४ देखि शुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो । अलैँची जोन एकाइ कार्यालयका कृषि अधिकृत प्रकाश विश्वकर्माका अनुसार पाँच सय ११ हेक्टर जग्गाबाट शुरु गरिएको उक्त कार्यक्रम हाल एक हजार ६५८ हेक्टर क्षेत्रफलसम्म विस्तार भएको […]

देश
११ श्रावण २०७६, शनिबार १०:४८
425 views 0 secs 0

बाढीबाट चार हजार घरमा क्षति …

बाढीबाट महोत्तरीमा चार हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ । जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ । रु […]

देश
११ श्रावण २०७६, शनिबार १०:२७
554 views 0 secs 0

भरुवा बन्दुकसहित दुई जना पक्राउ…

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ […]

देश
११ श्रावण २०७६, शनिबार १०:१६
568 views 0 secs 0

दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी…

कास्कीमा आर्थिक वर्ष २०७५÷७६ मा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा सवारीसाधन दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको थियो । आव २०७४÷७५ मा सवारीसाधन दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए । तथ्याङ्क अनुसार सडक दुर्घटना भने बढेको पाइएको छ । आव २०७५÷७६ मा ८२ वटा सवारीसाधन […]

देश
९ श्रावण २०७६, बिहीबार १५:४३
706 views 0 secs 0

पछिल्लो समय विदेशका अपरिचित नम्बरबाट नेपालमा कल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता फोन नउठाउन सर्वसाधारणलाई आग्रह …

पछिल्लो समय विदेशका अपरिचित नम्बरबाट नेपालमा कल आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता फोन नउठाउन सर्वसाधारणलाई आग्रह गरेको छ । केहीदिन यता ल्यान्डलाइन टेलिफोन या मोबाइलमा फोन तथा मिसकल आउने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणले एक सूचना जारी गर्दै यस्ता फोनहरू हत्तपत्त नउठाउन भनेको छ । विदेशका अपरिचित नम्बरहरुबाट आउने मिसकलमा कलब्याक […]

देश
९ श्रावण २०७६, बिहीबार १५:३०
518 views 0 secs 0

बाढीपीडितलाई ५१ हजार राहत …

मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो । यसैगरी वडा नं ४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार […]

देश
९ श्रावण २०७६, बिहीबार १५:२४
791 views 0 secs 0

गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद…

गोरखाको धार्चे गाउँपालिका -३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको छ । चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको छ । ‘यति नै किलो छ […]

देश
९ श्रावण २०७६, बिहीबार १३:४८
673 views 0 secs 0

साँघुटार बजारमा आगलागी: रामेछाप

रामेछाप नगरपालिका-३ साँघुटार बजारमा आगलागी भएको छ । आगलागीबाट अंकित श्रेष्ठको पक्की घरसहितका संरचनामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । करेन्ट सर्ट […]

देश
९ श्रावण २०७६, बिहीबार १३:२७
432 views 0 secs 0

तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा…

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, […]