देश, राजनीति
२९ श्रावण २०७६, बुधबार १८:२९
803 views 0 secs 0

२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य…

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । नवनियुक्तमन्त्री भट्टराईलाई आज मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार सङ्घको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन् । ‘सन् २०२० मा २० लाख पर्यटक […]

देश, विश्व
२९ श्रावण २०७६, बुधबार १७:५१
718 views 0 secs 0

यूएईमा भएको बस दुर्घटनामा ६ नेपालीसहित २१ जना घाइते…

यूएईमा भएको बस दुर्घटनामा ६ नेपालीसहित २१ जना घाइते भएका छन् । गएको बिहीबार बिहान मुहास्ना भन्ने ठाउँमा बस दुर्घटना हुँदा ६ नेपालीसहित आठ बंगलादेशी, ४ पाकिस्तानी र भारतीय, केन्याली र गाम्बियन नागरिक घाइते भएका हुन् । दुई फरक फरक कम्पनीमा काम गर्ने घाइतेहरुको परिचय भने खुलेको छैन । घाइतेमध्ये १९ जनालाई सामान्य चोटपटक मात्र […]

देश, राजनीति
२९ श्रावण २०७६, बुधबार १६:१६
694 views 0 secs 0

मुख्यमन्त्री शाहीलाई लक्षित गरेर ‘विप्लव’ समूहले बम विष्फोट …

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ। मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो। गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको […]

देश
२९ श्रावण २०७६, बुधबार १५:५७
568 views 0 secs 0

विक्रमचन्द समूहका कार्यकर्ता रिहा…

नेत्र विक्रमचन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन्। सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन्। उक्त समूहमा आबद्ध भएको भन्दै गत वैशाख २३ गते पक्राउ परेका तामाङलाई जिल्ला कारागारमा ल्याइएकामा उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आगामी दिन सो समूहमा लागेर कुनैपनि गतिविधि नगर्ने भनी प्रतिबद्धता जनाउँदै […]

देश, बिचार
२९ श्रावण २०७६, बुधबार १५:४४
874 views 0 secs 0

ग्यास सिलिण्डरमा लागेको आगो निभाउने केही घरेलु तरिका…

गत साता बालुवाटारस्थित इन्टेरनेट तथा केबुल प्रदायक कम्पनी सुबिसुको कार्यलयमा आगलागी भयो। मंगलबारमात्रै पोखराको एउटा मिनी मार्केटमा आगो लाग्दा २३ पसलमा क्षति पुग्यो। यस्ता आगलागी हाम्रो भान्सामा पनि हुन सक्छन्। खास गरी भान्सामा प्रयोग हुने सिलिण्डर ग्यासबाट आगो सल्किने गर्छ। ग्यास सिलिण्डरमा आगलागी हुँदा हामी धेरैजना आत्तिन्छौं। १६ वर्ष अग्नि नियन्त्रकको काम गरेका राजकुमार ठकुरी […]

देश, समाज
२९ श्रावण २०७६, बुधबार १५:०१
771 views 4 secs 0

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सडकमा ना.४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ललितपुर ईमाडोल-४ बस्ने ५५ वर्षीय उद्धव सुनाम नेपालीको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा […]

देश
२९ श्रावण २०७६, बुधबार १३:३०
582 views 0 secs 0

समयमा काम सम्पन्न नगरेका ठेकेदारबाट रु एक करोड २२ लाख जरिवाना असुली…

तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट रु एक करोड २२ लाख जरिवाना असुली गरिएको छ। मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो। आयोजना प्रमुख अभिमनदास मुल्मीका अनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न […]

देश
२९ श्रावण २०७६, बुधबार ०७:४०
612 views 12 secs 0

राशिफल, साउन २६–३२ गते…

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। साइनो गाँस्नेहरूसँग भने सजग रहनुहोला। […]

देश, विश्व
२८ श्रावण २०७६, मंगलवार १८:३४
789 views 0 secs 0

जापानले लैजाने कामदारका लागि भाषा र सीप परीक्षणको मिति टुङ्गो लाग्यो…

अहिले नेपालीहरुको प्रमुख आर्कषणका रुपमा रहेको जापानमा अब अध्यनका लागि मात्रै नभई कामका लागि पनि नेपालीहरुले जान पाउँने भएका छन् । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिक १९ र २० गते सीप परिक्षण गरिने भएको […]

देश
२८ श्रावण २०७६, मंगलवार १८:१६
705 views 0 secs 0

लामो दूरी चल्ने यातायातमा दुई चालक हुनुपर्ने व्यवस्था…

लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा […]