देश
२० भाद्र २०७६, शुक्रबार १८:३६
481 views 0 secs 0

चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय…

मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ। मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई […]

देश
२० भाद्र २०७६, शुक्रबार १७:३८
811 views 0 secs 0

सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घट्यो…

सुनको मूल्य एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार यो गिरावट आएको हो । महासंघले शुक्रबारको लागि छापावल सुनको खरिद बिक्री मूल्य प्रतितोला ७२ हजार रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुनको […]

देश
२० भाद्र २०७६, शुक्रबार १०:१९
541 views 0 secs 0

होटल व्यवसायीलाई आधारभूत तालीम…

पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक […]

देश
२० भाद्र २०७६, शुक्रबार १०:१०
635 views 0 secs 0

शैक्षिक संस्थामा बम बिष्फोट…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट […]

देश, समाज
२० भाद्र २०७६, शुक्रबार ०९:५६
512 views 0 secs 0

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु…

सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । डेङ्गु रोगबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ । […]

देश
१९ भाद्र २०७६, बिहीबार १६:०९
1014 views 0 secs 0

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा यमलाल भुसाल नियुक्त…

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा यमलाल भुसाल नियुक्त भएका छन् । वरीष्ठ सहसचिव भुसाललाई मन्त्रिपरिषद् कार्यालयले प्रवक्तामा नियुक्त गरेको हो । शाखा अधिकृत देखी सहसचिवसम्म खुल्ला प्रतिष्पर्धावाटै सफलता हासील गरेका भुसाल यस अघी पुननिर्माण प्राधीकरणको प्रवक्ता रहेका थिए । गुल्मीको बांझकटेरी ३ सीरामा जन्मीएका भुसाल अध्ययनशील र मृदुभाषी प्रशासक मानिन्छन् । * यमलाल […]

देश
१९ भाद्र २०७६, बिहीबार ०७:०६
560 views 13 secs 0

राशिफल वि.सं. २०७६ भदौ १९। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर ५।ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। सप्तमी, २६:१० उप्रान्त अष्टमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। […]

देश
१८ भाद्र २०७६, बुधबार १५:३२
897 views 0 secs 0

बढ्दो आत्महत्या चिन्ताजनक समस्या…

विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४९ ले आत्महत्या गरेका थिए भने […]

देश, राजनीति
१८ भाद्र २०७६, बुधबार १५:०१
584 views 0 secs 0

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी…

मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीत, दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको पाइएपछि २२ वटालाई तत्काल उत्पादन, बिक्री वितरण बन्द गराएको छ भने […]

देश
१८ भाद्र २०७६, बुधबार १३:०७
698 views 0 secs 0

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने…

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ। विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेको बुझिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन […]