देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १२:१०
560 views 0 secs 0

मतपेटिका राखेको कोठामा आयोग र पार्टीका चार ताला

ताप्लेजुङ जिल्ला अदालतमा  सोमबारदेखि एमाले र माओवादी कार्यकर्ता पालैपालो धाइरहेका छन्। त्यहाँ गएर उनीहरु चार/चार घन्टा ‘ड्युटी’ गर्छन्। वाम गठबन्धनले उनीहरूलाई  मंसिर २१ गतेसम्म यही ‘ड्युटी’मा खटाउने निर्णय गरिसकेको छ। जिल्ला अदालतका चार कोठामा मतपेटिका राखिएको छ। ढोकामा एउटा ताला निर्वाचन आयोगको छ भने अर्को ताला वाम गठबन्धनको। एमाले प्रतिनिधि धनेन्द्र मादेनका अनुसार सोमबार साँझदेखि […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार १२:०३
560 views 1 sec 0

कुमाल बस्तीका बासिन्दाको बाध्यताः अझै टुकीको भरमा रात बिताउँछन्

  पाल्पा – पाल्पा बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल बस्तीका बासिन्दा अझै टुकीको भरमा रात बिताउन बाध्य छन् । गरिबीको कारण कुमाल बस्तीका १० घरपरिवारमा अझैसम्म टुकीको भरमा रात बिताउनुपर्ने बाध्यता छ । छोराछोरीलाई टुकीको उज्यालोमा रातमा पढ्दा आँखा तथा श्वासप्रश्वास समस्या हुने गरेको छ । घोरबन्दाकी ज्ञानीसरा कुमालले पोल टाढा रहेकाले २०० मिटर तार ल्याउन, […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:५७
847 views 0 secs 0

प्रचण्डको चुनावी अभियानलाई प्रकाशपुत्र प्रसिद्धको साथ

चितवन । भरतपुर–२६ ज्योतिनगर स्थित माओवादी नेता अमिक शेरचनको घरमा माओवादी अध्यक्ष प्रचण्डसहित एमाले–माओवादीका नेता कार्यकर्ताको ठूलै समुह पुग्यो । त्यहाँ चितवन–३ को निर्वाचन परिचालन कमिटीको खाना खाने कार्यक्रम थियो । प्रचण्डसँगै उनको गाडीबाट दुई बालक एक बालिका ओर्लिए । तीमध्ये एक थिए प्रसिद्ध दाहाल, उनी प्रकाश दाहालको जेठा छोरा हुन् ! हृदयघातका कारण प्रचण्डपुत्र […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:३७
554 views 6 secs 0

जसले नागरिकता पाएनन्, भोटको के कुरा

महोत्तरी (हरिणमरी) : हरिणमरीकी ६० वर्षीया जोगोदेवी चमारले एक पटक पनि भोट हाल्न पाएकी छैनन्। दलित समुदायकी जोगोदेवीसँग नागरिकता छैन। त्यसैले मतदाता नामावलीमा उनको नाम छैन। नागरिकता बनाउनकै लागि उनी १० वर्षदेखि भौतारिँदै आएकी छन्। हरेकजसो चुनावम भोट माग्ने नेताहरूसँग नागरिकता बनाइदिन उनी गुहार माग्छिन् तर उनको पीरमर्का बुझ्ने कोही भेटिएन। मानसिक सन्तुलन बिग्रेका उनका […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:३३
761 views 4 secs 0

‘स्वार्थका लागि भोट माग्छन्’

  भक्तपुर: जिब्रो छेड्ने जात्रा प्राचीन, ऐतिहासिक एवं सांस्कृतिक सहर बोडेको पर्याय हो । आठौं पटक जिब्रो छेडिसकेका युवा जुजुभाइ बास श्रेष्ठ यो जात्राका मुख्य पात्र हुन् । प्रजातन्त्र पुनस्र्थापनाको २८ वर्ष भइसक्दा देशमा धेरै पटक निर्वाचन भए, बोडेमा पनि दर्जनौं उम्मेदवारले मत मागे । ३६ वर्षीय जुजुभाइचाहिँ उम्मेदवारले मत माग्दा बोडेका लागि उठाउनुपर्ने मूल […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:३१
804 views 3 secs 0

गाडी भाडामा लिएर उम्मेदवारलाई सुरक्षा

  प्युठान: सशस्त्र द्वन्द्वको उद्गमथलो रोल्पा र रूकुमको छिमेकमा पर्छ प्युठान। ती जिल्लामा मतदातालाई त्रसित पार्ने गतिविधि बढ्दै गएपछि गृह प्रशासनले प्युठानलाई पनि अति संवेदशनशील जिल्लाको सूचीमा राखेको छ। ‘पहिलेका निर्वाचनमा प्युठानलाई संवेदनशील जिल्लाका रूपमा हेरिएको थियो’, प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले भने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अति संवेदनशील क्षेत्रका रूपमा राखिएको छ । […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:२९
560 views 1 sec 0

यसरी मिलाइँदैछ मतपेटिका सुरक्षा व्यवस्था

  काठमाडौं : पहिलो चरणमा सम्पन्न निर्वाचनको मतगणना मंसिर २१ पछि मात्रै हुने भएपछि मतपेटिका सुरक्षा अहिले सर्वाधिक चासोको विषय बनेको छ । मतपेटिका सुरक्षाका लागि निर्वाचन आयोगले तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना सुरक्षाका लागि खटिने गरी मतपेटिकाको सुरक्षा प्रबन्ध मिलाइएको आयोगले […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:२५
565 views 1 sec 0

फेसबुकबाट उम्मेदवारको अतिरञ्जित प्रचार

  जनकपुरधाम: प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा चुनावी प्रचारप्रसार अराजक बन्दै गएको छ । दल र उम्मेदवारका एजेन्डाले मतदाता रिझाउनुको साटो प्रतिस्पर्धी उम्मेदवारलाई गाली बेइज्जती र अश्लील तस्बिर पोस्ट गरेर चुनावी प्रचार गरिरहेका छन् । निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारको व्यक्तिगत प्रतिष्ठामा आँच आउने खालका अभिव्यक्तिहरू, गाली बेइज्जती वा अराजक क्रियाकलापहरू सामाजिक […]

देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार ११:२३
623 views 3 secs 0

बीभत्स दृश्य देखाएर मतदाता फकाउँदै फोरम

सिरहा: चुनाव जित्न पैसा बाँडेको र विकासका सपना बाँडेर मतदाता फकाउने प्रयास गरेको जताततै सुन्न पाइन्छ। तर सिरहामा फोरमका उम्मेदवार मधेस आन्दोलनमा मारिएकाको बीभत्स दृश्य देखाएर मत मागिरहेका छन्। सिरहा ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार फोरम नेता अशेश्वर यादव र सोही पार्टीका प्रदेशसभा ३ ‘ख’ का फोरम उम्मेदवार मनोरञ्जन गोइत मतदातासँग मधेश आन्दोलनको ‘सेन्टिमेन्ट’ मा […]

देश, समाज
१२ मंसिर २०७४, मंगलवार ११:१९
663 views 1 sec 0

४४ वर्षदेखि लालपुर्जाको आसमा भोट

  बुटवल: कञ्चन गाउँपालिकाको रुद्रपुरमा कृष्णबहादुर फौजदारको दुईतले घर छ। उब्जनी हुने खेत पनि छ। पक्की सडक, खानेपानीको राम्रो व्यवस्था छ। तर, यति धेरै संरचना बनेको चार दशकदेखि भोगचलन गर्दै आएको उनको जग्गाको पुर्जा भने छैन। उनको मात्रै होइन, रुद्रपुर त्यस्तो गाउँ हो, जहाँका ९० प्रतिशत घरधुरीको लालपुर्जा छैन । जिल्लाकै धेरै जनसंख्या भएको साबिक […]