देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:०४
692 views 0 secs 0

बम विस्फोट गराउने १० जना पक्राउ

काठमाडौं  : बम विस्फोट गराउने दश जना युवा पक्राउ परेका छन्। देशका विभिन्न ८ ठाउँमा बम विस्फोट गराउने १० जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।भोजपुर, सिराहा, बारा, उदयपुर, संखुवासभा कास्कीमा बम पड्काउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। उदयपुरको प्रतिनिधिसभा सदस्य उमेदवार, संखुवासभाको उमेदवार राजेन्द्र गौतम र सिरहामा प्रहरीमाथि गोली चलाउने समूहसमेत पक्राउ परेको प्रहरी […]

देश, राजनीति, समाज
१७ मंसिर २०७४, आईतवार १२:०२
794 views 2 secs 0

साना दल भन्छन्, ‘आचारसंहिता उल्लंघन गर्ने हैसियत छैन’

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले प्रचार तीव्र पारेका छन् । ठूला दलको तुलनामा कमजोर देखिए पनि उनीहरू कुनै कसर नराखी प्रचारमा जुटेका छन्।ठूला दल राष्ट्रिय अखबारमा छाउन थालेका छन् भने साना दल सामाजिक सञ्जालमा केन्द्रित छन् । साना दलका उम्मेदवारले सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन र युट्युब च्यानल प्रयोग गरिरहेका […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १४:१८
658 views 4 secs 0

ह्विलचियरबाट संसद् सपना

मंसिर १६, २०७४-सुदूरदक्षिणको टकलाक गाउँ । यहाँबाट सदरमुकाम कुश्मासम्म आउन स्याङ्जा, कास्की हुँदै दिनभरको सडक यात्रा छिचोल्नुपर्छ । त्यही गाउँका एक अपांग ह्विलचियरबाट प्रदेशसभाको संसद् छिर्ने तयारीमा छन् । पैयुँ गाउँपालिका–१ का ४८ वर्षीय रुक्मागत न्यौपानेको कम्मरमुनिको भाग चल्दैन । पोलियो रोगका कारण ३ वर्षको उमेरमै कम्मरमुनिको भाग नचलेपछि उतिबेलादेखि नै ह्विलचियरकै भरमा छन् उनी […]

देश, बिचार, शिक्षा, समाज
१६ मंसिर २०७४, शनिबार १३:५८
754 views 3 secs 0

हामीले बिदेशमा सिकेको कुरा घरका मान्छेलाई सिकायौं त ? नेपाली राज्यले डिग्रीको फ्याक्ट्री खोल्यो, चेतनाको ढोका खोलेन

मंसिर १५, २०७४-‘हामीले भत्काउन त भत्कायौं तर बनाउन सकेनौं, भत्काउन जति सजिलो बनाउन रहेनछ’  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युबराज खतिवडाले गैर आबासीय नेपाली संघको आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्ने क्रममा भनेका थिए । सम्बोधनको क्रममा उनले सन् २०३० सम्म नेपालमा हुने बिकास र प्रगतिको फेहरिस्त प्रस्तुत गर्दै गैर आबासीय नेपालीहरुलाई निरास नहुन आश्वस्त समेत पारेका […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:५६
839 views 2 secs 0

उम्मेदवार तर्साउन कुकरमा ढुङ्गा माटो – मेनुका ढुंंगाना, अछाम

मंसिर १६, २०७४-अछाम जिल्ला क्षेत्र नं २ (क ) प्रदेशसभाका उम्मेदवार सुरतबहादुर बिष्टको घरमा प्रेसर कुकरमा खतरा लेखिएको र बम हुनसक्ने भन्दै नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गराउदा त्यस भित्र माटो भरेको अवस्थामा भेटिएको छ । प्रेसर कुकर बम हुन्सक्ने भनेर जानकारी पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको र त्यसभित्र ढुङ्गा ,माटो […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:५२
676 views 2 secs 0

थिमिमा बम भटियो, सेनाको टोलीद्वारा डिस्पोज

मंसिर १६, २०७४-मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो । स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:४८
616 views 4 secs 0

भाडाका अपराधी चुनौती

मंसिर १६, २०७४-प्रदेश २ का प्रहरी प्रमुख एआईजी विजयलाल कायस्थ बिहीबार बिहानैदेखि जिल्ला दौडाहामा थिए । सप्तरी र सिरहामा सुरक्षा ‘ब्रिफिङ’ सकेर शुक्रबार अपराह्न जनकपुर फर्किए । साँझ धनुषामा पनि ‘ब्रिफिङ’ गर्न भ्याए । बाँकी ५ जिल्लाका लागि शनिबार बिहानैदेखि निस्कने भएका छन् । ‘सुरक्षाका तीनै निकाय संयुक्त र समन्वयात्मक ढंगले परिचालन गरिएको छ,’ उनले भने, ‘निर्वाचनविरोधी तत्त्वहरूको मनोबल […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:४६
737 views 4 secs 0

छायामा प्रदेश

मंसिर १६, २०७४-बन्द जनकपुर चुरोट कारखानाका घर–जग्गा सरकारले कौडीको भाउमा बेच्न ठिक्क परेको थियो । प्रक्रियाको अन्तिम घडीमा ‘झल्यास्स’ भएर रोक्यो । झस्किनुको कारण थियो– प्रयोगविहीन प्रशस्त जमिन र भवनमा कतै प्रदेश सरकारका मन्त्रालयहरू पो राख्न सकिन्छ कि ? सबै दलका स्थानीय उम्मेदवार त्यही सम्पत्ति देखाएर जनकपुरमा प्रदेश–२ को राजधानी आउनेमा मतदातालाई आश्वस्त तुल्याइरहेका छन् । ठूला नेताहरूको भोट […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:४४
800 views 3 secs 0

यसरी एकसातादेखि मतपेटीका कुर्दै छन् उम्मेदवार र कार्यकर्ता

मंसिर १६, २०७४-नजिकै सडक छ । सहकारी डिभिजन कार्यालयको मुलढोकामा कुर्सीमा वरिपरि हिटर ताप्दै आफ्ना साथीभाईलाई गफिई रहेका युवाहरु छन् । बाहिर चिसो सिरेटो चलेको छ । उनीहरु हिटर तापिरहेका छन् । भित्र बरण्डामा दुई बन्दुकधारी प्रहरी पहरा दिइरहेका छन् । बाहिर सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । पल्लो भवनबाट चौविसै घण्टा सेनाले बन्दुक तेर्स्याएर […]

देश, राजनीति, समाज
१६ मंसिर २०७४, शनिबार १३:४१
662 views 4 secs 0

सुरक्षा किन फितलो ? बम राखिएको हल्ला र विस्फोटका घटनाले शुक्रबार दिनभरजसो राजधानीमा पनि त्रास

मंसिर १६, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । तैपनि सुरक्षा निकाय, उम्मेदवार र राजनीतिक दलका कार्यकर्ता लक्षित आक्रमण रोकिएका छैनन् । हिंसात्मक घटना हुनै […]