Uncategorized
२ बैशाख २०७६, सोमबार १५:४६
1105 views 0 secs 0

देशभित्रै पेट्रोलियम पदार्थको खानी:अध्ययन गर्न चिनियाँ टोली आउँदै…

जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग–यो। पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो। सरकारले सकेसम्म व्यवस्थापन ग–यो। त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण। देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित भएको थियो। नाकाबन्दीबाट आहत भएका […]

Uncategorized
१ बैशाख २०७६, आईतवार १०:३१
755 views 0 secs 0

दुखद खबर: सोलुखुम्बुमा विमान दुर्घटना, २ जनाको मृत्यु र ३ जना घाईते…

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एअरको जहाज दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी ३ जना घाईते भएका छन्। घाईतलाई उपचारका लागि काठमाडौँ ल्याईएको प्रहरीले जनाएको छ। आज बिहान सवा ९ बजेतिर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयर एन. ए. एम. एच. विमान ठेक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय […]

Uncategorized
३० चैत्र २०७५, शनिबार १३:२१
1411 views 0 secs 0

आज रामनवमी पर्व : देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको […]

Uncategorized
२१ चैत्र २०७५, बिहीबार १२:५६
674 views 0 secs 0

प्रमाण संकलन गरी जग्गा फर्काउने प्रक्रिया…

गैरकानुनी रुपमा व्यक्तिका नाममा लालपुर्जा बनाई बाँडिएको एक सय ७३ रोपनी पाँच पैसा जग्गा फिर्ता ल्याउन नेपाल ट्रस्ट सक्रिय भएको छ। ट्रस्टले आफू जग्गाधनी रहेको जग्गा मोहीका नाममा गराउन भएका गैरकानुनी कामको प्रमाण संकलन गरिरहेको छ। तथ्य संकलन भएपछि प्रमाणका साथ अदालतमा मुद्दा दायर गर्ने ट्रस्टले जनाएको छ। नेपाल ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले काठमाडौंका […]

Uncategorized, राजनीति
१२ चैत्र २०७५, मंगलवार १७:३५
737 views 0 secs 0

विप्लवको पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको चौतर्फी हल्ला …

सरकारले प्रतिबन्ध गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हतियार खरिदका लागि विभिन्न देशमा रकम पठाएको खुलासा भएको छ । गत साउनमा पक्राउ परेका प्रतिबन्धित नेकपाका दोस्रो तहका नेता खड्गबहादुर विश्वकर्माबाट विप्लव समूहले विभिन्न देशमा हतियार खरिदका लागि ठूलो रकम पठाएको सुरक्षा स्रोतले बताएको छ । यद्यपि कति रकम र कुन माध्यमबाट पठाएको हो […]

Uncategorized
२९ फाल्गुन २०७५, बुधबार १३:५१
769 views 0 secs 0

सप्तरीमा बसको ठक्करले २ जनाको मृत्यु…

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५, कुसहास्थित सुरुङ्गा पुल छेउमा को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आएको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Uncategorized
२९ माघ २०७५, मंगलवार १४:२४
1057 views 0 secs 0

कति वर्षमा बच्चालाई विद्यालय पठाउने ?

जब तपाईंको बच्चा २ वर्षको हुन्छ, यस्तै प्रश्नहरुले घेरा हाल्न थाल्छ । आफन्त, छिमेकी, चिनेजानेका सबैले केरकार गर्ने प्रश्न यही हो, ‘किन बच्चालाई घरमै राखेको ?’ बच्चालाई कलिलै उमेरमा विद्यालय पठाउनुपर्छ भन्ने मान्यताले समाजलाई अत्याउन थालेको छ । जति–जति बच्चा हुर्कँदै जान्छ, आमाबुवालाई हतारो बढ्न थाल्छ । यही हतारोले गर्दा त, दुधको लाम्टा नछाड्दैका बच्चालाई […]

Uncategorized
२६ माघ २०७५, शनिबार १८:३५
629 views 0 secs 0

पहाडमा हिमपातः

लगातारको वर्षा शनिबार काठमाडौं उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । काठमाडौं नजिकका पहाडमा हिमपाpत गराएको हो । नगरट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

Uncategorized
२५ पुष २०७५, बुधबार १६:००
708 views 0 secs 0

पौष २६ गते देखि पोखराबाट पनि श्रम स्वीकृति हुने …

वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ। व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखरामा पनि बिहीबारदेखि सुचारु हुने भएको छ।