Uncategorized, समाज
१४ कार्तिक २०७६, बिहीबार १३:४८
713 views 0 secs 0

पर्खालमा ठोक्किएर एक युवकको मृत्यु: कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । 

Uncategorized, समाज
८ कार्तिक २०७६, शुक्रबार १२:२२
735 views 0 secs 0

पाकेको खोलेमा परेर बालकको मृत्यु : इलाम

इलामको माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ। सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो। बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो। इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्याइएका […]

Uncategorized
१० आश्विन २०७६, शुक्रबार १६:०२
637 views 0 secs 0

अरिंगालको टोकाइबाट एकको मृत्यु…

उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिंगालको गोलोमा आगो लगाउने क्रममा अरिंगालले टोकेर घाइते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा मृत्यु […]

Uncategorized, समाज
१० आश्विन २०७६, शुक्रबार १५:३९
927 views 0 secs 0

किर्ते कागज बनाइ जग्गाको मूल्याङ्कन गराउने कन्सल्टेन्सीका कर्मचारी पक्राउ…

काठमाडौं-बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो । फरार रहेका उनलाई पक्राउ गरी आज ललितपुर […]

Uncategorized, समाज
५ आश्विन २०७६, आईतवार ११:५४
836 views 0 secs 0

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु,एक घाइते…

सदरमुकाम मलङ्गवामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ। एक जना घाइते भएका छन्। मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नंको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका […]

Uncategorized
३१ भाद्र २०७६, मंगलवार १२:४४
619 views 0 secs 0

खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण…

खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धान खेतमा ८ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् । यी ८ वटै हेलिकप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेका थिए । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलका अनुसार सबै हेलिकप्टरमा विदेशी पर्यटकहरु छन् । सबै […]

Uncategorized, समाज
२६ भाद्र २०७६, बिहीबार ११:५४
844 views 0 secs 0

अठार वर्ष नपुगेको व्यक्तिले मदिरा सेवन तथा बिक्री गरेमा दुई हजारदेखि पाँच हजारसम्म जरिमाना…

मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर नलगाड नगरपालिकाले मदिरा नियन्त्रण शुरु गरेको छ । नगरपालिकाभित्रका सबै वडामा अवैध रुपमा मदिरा सेवन गर्ने तथा बिक्री वितरण गर्नेलाई १० हजार रुपैयाँ जरिवाना गर्ने कार्यविधिमा उल्लेख छ । एकै व्यक्तिले पटक–पटक मदिरा सेवन तथा बिक्री गरेमा दुबैलाई जरिवाना हुने कार्यविधिमा उल्लेख छ । मदिरा सेवन गरेर होहल्ला गर्नेलाई […]

Uncategorized
१७ भाद्र २०७६, मंगलवार १२:४४
694 views 0 secs 0

वीरगञ्जमा आमाबुवाले गाली गरेको भन्दै आत्महत्या …

पर्सामा एक किशोरले झुण्डिएर आत्महत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका-२० अपौनीका १४ गोविन्दप्रसाद चौरसि सोमबार आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्महत्या गरेका हुन् । गोविन्द झुण्डिरहेको देखेपछि उनका बुवा नविलाल प्रसादले पासो फुस्काइ उपचारका लागि नारायणी अस्पताल पुर्याए पनि अस्पतालले गोविन्दलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोविन्दले बुवाआमाले गाली गरेको […]

Uncategorized, समाज
१७ भाद्र २०७६, मंगलवार १२:२२
807 views 0 secs 0

जुम्लाको माथिल्लो क्षेत्रमा भालुको आतङ्क…

जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका बताए। सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ। बारीमा लगाएको […]

Uncategorized
१५ भाद्र २०७६, आईतवार १२:३७
920 views 0 secs 0

वर्षाका कारण पासाङल्हामु सडक अवरुद्ध….

शनिबार राति परेको वर्षाका कारण त्रिशूली–ककनी–बालाजु पासाङल्हामु सडक खण्ड अवरुद्ध भएको छ। प्रहरी चौकी ककनीका अनुसार ककनी गाउँपालिका–२ को बाह्रमाइल र खानीखोला भन्ने स्थानमा लेदोसहित आएको बाढीले सडक अवरुद्ध भएको हो। अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा सानाठूला गरेर चार स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले […]