काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । उनले लामो समयदेखि वडासचिवका रुपमा […]
मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान […]
निरंकुश राज्यसत्ताले जनताको हितमा काम नगरेको भन्दै हजारौं नेपालीले बलिदानी गरेर यो व्यवस्था ल्याएको १५ वर्ष पुगेको छैन । तर यो व्यवस्था ढाल्न भन्दै खुलेआम गीत मार्फत आह्वान गरेर वर्तमान बहुमतको सरकारलाई चुनौती दिन थालिएको छ । कुनै बेला बेरोजगार युवालाई रोजगारी वा प्रमाणपत्र धितो राखेर ऋण दिन खुलामञ्चमा आमरण अनसन बस्ने समूहका नेताले यो […]
अङ्ग्रेजी माध्यमको पठनपाठनप्रतिको बढ्दो आकर्षणले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने अभिभावकहरुको अभिरुची धेरै हुन्छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरले निरास बनेपछि गाउँबाट सदरमुकाम लगायत सहरबजारमा खोलिएका निजी विद्यालयप्रति अभिभावकको रुचि बढ्नु सामान्य हो । तर, भोजपुरको एक सामुदायिक विद्यालयमा भने ठिक विपरित भएको छ । सदरमुकाम नजिकै रहेको जनसेवा आधारभुत विद्यालयमा भने निजी विद्यालय […]
नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ । मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई उक्त परिणामको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको हो । ‘साइटिस सन्धी र संकटापन्ना वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा ३० को उपदफा २ र ३ बमोजिम जम्मा […]
बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ । प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा अभद्र व्यवहारको उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो । गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । प्रशासनको अनुमतिलगत्तै […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ । आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १४ […]
बनेपा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–९ मगरगाउँमाथिको जङ्गलमा तास खेलिरहेको अवस्थामा नगद र सवारी साधनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । जङ्गलमा गएर लुकेर तास खेलिरहेको अवस्थामा बुधबार बेलुका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद रु एक लाख ६२ हजार २०, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको […]
ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।