प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ । […]
खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित […]
प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गएराति गोलबजार नगरपालिका–४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक नियन्त्रणमा लिएको हो । बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा […]
तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरु […]
डोटीको सायल र आदर्श गाउँपालिकामा दुई स्काभेटरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ । सायल गाउँपालिकाको वडा नं. १ छपाली जाने बाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटरमा आगजनी गरिएको छ । गाउँपालिकाका अध्यक्ष तेजवहादुर डुम्रेलका अनुसार राति करिब नौ बजेसम्म काम गरी मेसिन थन्काएर चालक र सहयोगी […]
जीवन विताउनका लागि श्रीमान् वा श्रीमती नै चाहिन्छ त ? दाम्पत्य जीवन विताउनै पर्छ ? यसमा एउटा ठूलो जमातले सहमतिको टाउको हल्लाउन सक्छन् । तर, एउटा जमात यस्ता पनि छन्, जो दाम्पत्यलाई बन्धन ठान्छन् र त्यसबाट उन्मुक्त जीवन विताउन राजी हुन्छन् । विवाह गर्नैपर्छ भन्नेमा सबैको राय मिल्छ भन्ने छैन । कतिपय यस्ता हुन्छन्, जो […]
नेपाली बजारमा सुनको भाउ तोलामै ७८ हजार नजिक पुगेको छ । बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बिहीबारका लागि तोकेको छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६०० सय छ । बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५०० सय रुपैयाँले बढेको हो । यस्तै […]
बालिकालाई बलात्कार गरेको आरोपमा शहीद लखन गाउँपालिका-८ का प्रकाश परियार पक्राउ परेका छन् । १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले परियारलाई मंगलबार पक्राउ गरिएको जनाएको छ । बिहे गर्ने प्रलोभन देखाइ परियारले पटकपटक बालिकालाई बलात्कार गर्दै आएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख गरिएको डीएसपी बासुदेव खतिवडाले बताए । परियारलाई बुधबार जबरजस्ती करणी शीर्षकमा मुद्दा […]
पर्यटकीय स्थलमा साथीहरुसँग मोजमस्ती गर्ने चक्करमा मानिसहरु यति लापरवाह हुन्छन् नि उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा पार्ने गर्छन् । २० वर्षका एक युवकले यस्तै लापरवाहीका कारण ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार यी युवकको करिब सय फिट गहिरो खाल्डोमा खसेर मृत्यु भएको हो । ब्रेडली स्टीटर केही दिन अघि आफ्ना साथीहरुसँग अष्ट्रेलियास्थित लाइमस्टोन कोस्ट नामको पहाडी […]
विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजमा संस्थापक सभापति बद्रीप्रसाद पहाडीले भवन निर्माणका लागि एक करोड सहयोग गरेका छन् । उनले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय निर्माणको लागि भवन निर्माणको लागि रकम सहयोग गर्ने घोषणा गरेका हुन् । पहाडी परिवारका अनुसार उक्त भवन निर्माणका लागि केही जग्गा छुट्याइएको र सहयोग […]