Home > Articles posted by NewsDesk (Page 534)
FEATURE
on ४ मंसिर २०७४, सोमबार ०८:३७
952 views 0 secs

काठमाडौँ, ३ मंसिर , नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ ।   प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा ‘स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४’ बमोजिम परिचयपत्र वितरण गर्न लागिएको जानकारी गराइयो । प्रतिष्ठानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको स्वीकृतिमा कार्यविधि बनाई परिचयपत्र वितरण गर्न […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार ०१:३३
1084 views 0 secs

एजेन्सी : पाकस्तिानमा कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ । यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार ०१:२६
747 views 2 secs

काठमाडौं : स्पेनिस ला लिगा फुटबल अन्तरगत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । बार्सिलोनाको जितका लागि सुआरेजले खेलको २८ औं र ६० मिनेटमा गरी २ गोल गरे भने पाउलिन्होले ९० मिनेटमा एक गोल गरे । उता यस सिजनको सुरुदेखि नै पछि परिरहेको रियल मड्रिड एथ्लेटिको मड्रिडसँग अंक […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार ०१:१७
874 views 0 secs

बैतडी : बैतडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। नेकपा कार्यकर्ताहरुलाई पाटन, पुरचौंडी र सित्तडबाट नियन्त्रणमा लिइएको हो। ‘देशका विभिन्न ठाउँमा नेकपा कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गरिरहेका […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार ०१:१०
904 views 0 secs

रोल्पा, मंसिर ३ – बम बनाउन प्रयोग गरिने सामाग्रीसहित रोल्पाबाट प्रहरीले आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सदस्य धनबहादुर थापा विश्लेषण सहितका ५ जनालाई सुवर्णावती गाउँपालिका—५ क्वालीगाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थी जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य […]

FEATURE
on ४ मंसिर २०७४, सोमबार ०१:०३
1098 views 0 secs

आगामी पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘रज्जा रानी’को टीजर सार्वजनिक भएको छ । नायक नाजिर हुसेनलाई प्रस्तुत गर्दै रज्जा रानीको टीजर सार्वजनिक गरिएको हो । नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैको हो । सानो भेगको जनजाति कथामाथि निर्माण […]

FEATURE
on ३ मंसिर २०७४, आईतवार २०:२७
772 views 4 secs

काठमाडौं : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा एउटा भोट बराबर करिब पाँच हजार रुपैया खर्च भएको छ। त्यसमध्ये करिब तीन हजार छ सय १३ रुपैया उम्मेद्वार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एक हजार तीन सय नौ रुपैयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ। स्थानीय निर्वाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको […]

FEATURE
on ३ मंसिर २०७४, आईतवार २०:०६
1074 views 1 sec

काठमाडौं: अाइतबार निधन भएका आफ्ना छोरा प्रकाश दाहालको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दागबत्ती दिएका छन्। प्रकाशको अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हाे। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्। हृदयाघातबाट प्रकाशको अाइतबार बिहान निधन भएको थियो। अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर माओवादी केन्द्रको […]

FEATURE
on ३ मंसिर २०७४, आईतवार १९:४९
726 views 0 secs

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा एवम् पार्टी केन्द्रीय सदस्य प्रकाश दाहालको पार्थिव शरीर अहिले श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ। पार्टी मुख्यालयमै पुगेका पार्टी अध्यक्ष प्रचण्डले छोराको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। भावविह्वल अवस्थामा पार्टी मुख्यालय पुगेका प्रचण्डले छोरालाई श्रद्धाञ्जली दिएका हुन्। प्रकाशलाई श्रद्धाञ्जली दिन पार्टी मुख्यालयमा […]

FEATURE
on ३ मंसिर २०७४, आईतवार १९:३८
767 views 0 secs

काठमाडौं : चिकित्सकले प्रकाश दाहालको निधन लक्षण देखिएको छोटो समयमै मृत्युको मुखमा पुर्‍याउने रोग ‘आकस्मिक हृदयाघात’का कारण भएको निष्कर्ष निकालेका छन्। यस्तो प्रकृतिकको हृदयाघातमा अचानक छाती दुख्छ र उठ्न नपाउँदै सम्बन्धित व्यक्तिको मृत्यु हुन्छ। प्रकाशलाई त्यस्तो समस्या देखिएको हुन सक्ने र अस्पताल ल्याउनु भन्दा करिब तीन घण्टा अगावै उनको निधन भएको हुन सक्ने चिकित्सकको भनाइ […]