सेलेब्रेटीलाई मन नपराउने सायदै होलान् । तिनै कलाकार जुन फिल्ममा थरिथरिका नयाँ सम्बन्ध लिएर देखा पर्दछन् । अनस्क्रिन मात्र नभएर अफ स्क्रिनमा पनि उत्तिकै सम्बन्ध रहेका हुन्छन, जो प्रेम सम्बन्ध कै कारण पनि समाचारको शीर्षक बन्ने गर्छन । महिलाको मन सजिलै जित्ने र एक भन्दा बढि महिलासँग डेट गरेका १० बलिउड कलाकारहरुको बारेमा यहाँ चर्चा गरिएको […]
१९ मंसिर, लहान । अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४(ख)का प्रदेशसभा उम्मेदवार बन्नुभएका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट उम्मेदवार अलीको […]
एजेन्सी । तीन बच्चाकी आमा समेत रहेकी श्रीमतीको अर्कैसँग अबैध सम्बन्ध रहेको आशंकामा श्रीमानले आफ्नै श्रीमातीको हत्या गरेको छ। आरोपीले आफ्ना तीन सन्तानकै सामुने पत्नीको हत्या गरेका हुन्। पत्नीको हत्यापछि आरोपीले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका थिए। तर उनको प्रयास असफल भएको छ। लामखुट्टे मार्ने विषदीले ज्यान नभएपछि उनले हातको नसा काटेको थिए। बच्चा […]
गौर, रौतहट, १९ मंसिर (रासस) : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा […]
१९ मंसिर, दुनै, डोल्पा । डोल्पामा चुनावको प्रचारप्रसारमा गएका एकजना एक सातादेखि बेपत्ता भएका छन् । मंसिर १० मा सम्पन्न निर्वाचनमा वाम गठबन्धनका तर्फबाट प्रचारप्रसार गर्न उपल्लो डोल्पा गएका त्रिपुरासुन्दरी–५ का हरिबम ठकुरी एक सातादेखि सम्पर्कमा नआएको आफन्तले बताएका छन् । अन्दाजी ४५ वर्षका ठकुरी ११ मंसिरमा उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाँउपालिकाको शे–गुम्बाबाट साथीहरुसँग सम्पर्कविहीन […]
दमक, १९ मंसिर – संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् । ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भने भागेको जिप चालक कुलबहादुर तामाङले बताए । चुनावी […]
बुटवल : प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ। मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार जिल्लामा ५ सय ९८ केन्द्रमा मतदान सामग्री पठाई सकिएको छ।जिल्लामा कुल ५ लाख […]
काठमाडौं । म्यानमारकी ८७ वर्षीया मा खिन मार र उत्तर कोरियाका ८१ वर्षीय क्युङ सुङ मोतीबिन्दुबाट पीडित थिए । दृष्टि धमिलिँदै गएपछि अरुको सहारामा हिँडडुल गर्नुपर्ने अवस्थामा पुगेका उनीहरु शल्यक्रियापछि अहिले आफैं ठमठमी हिँड्न सक्छन् । यी दुई वृद्धवृद्धासँगै भूकम्पबाट अति प्रभावित धादिङ जोगीमाराका ८६ वर्षीय खुँडा चेपाङ र सिन्धुपाल्चोक मेलम्चीका ८४ वर्षीय कृष्णबहादुर दनुवारको […]
कमेडीयन कपिल शर्माको बडो उत्साहजनक भनींदै आएको र प्रतिक्षारत फिल्म ‘फिरंगी’ शुक्रवार रिलिज भयो तर बक्स अफिसमा निराशाजनक व्यापार संगै कपिल लाजले मिडियाको सम्पर्कमा आउन सकेका छैनन् । तीन दिनमा उनको फिल्मले जम्मा ६ करोड ३० लाख रुपैयाँ कमाएको छ। यसअघि भारतमा कमेडीका बादशाह मानिएका कपिलले २०१५ मा ‘किस किस को प्यार करुँ’बाट ठूलो पर्दामा […]
सुतिराख्न कसलाई मन पर्दैन र ? सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । यतिमात्र होइन, पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । हामी सबैलाई थाहा छ कि कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने गर्दछ तर धेरै सुत्दा शरिरमा पुग्ने नकारात्मक […]