नेपालमा झोलुंगे पुल निर्माणका ५२ वर्ष – झोलुंगे पुल निर्माण थालेको ५२ वर्षमा देशभर ७ हजार ४८ वटा पुल निर्माण भएका छन् । नेपालमा २०२१ सालबाट झोलुंगे पुल निर्माण सुरु भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकअनुसार व्यवस्थित तथा योजनाबद्ध ढंगले झोलुंगे पुल निर्माण थालिएको ५ दशकमा यो उपलब्धि हासिल भएको हो […]
लहान । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। संघीय […]
‘यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्’ शिर्षकमा रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन् । केपी ओली र माधव नेपाल एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ । एमाले नेता माधव नेपालकाठमाडौं २ बाट उम्मेदवार बनेका […]
सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयले यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो । गत आर्थिक वर्ष २०७३-७४ मा किसानले गाई–भैंसी सुत्केरी भत्ताबापत […]
आजको अन्नपूर्ण पोस्ट, नागरिक, कान्तिपुर, कारोबार र राजधानीमा छापिएको राजेश केसी, रविन साय्मि, अविन श्रेष्ठ, रवि मिश्र र उत्तम नेपालको कार्टुन: पत्रपत्रिकाबाट
काठमाडौं–निर्वाचन आयोगले बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने […]
काठमाडौं– सर्वोच्च अदालतले सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारीबारेको छिनोफानोे आज गर्दैछ । सर्वोच्चले राय यादवको उम्मेदवारी खारेज हुने या नहुने भन्ने मंसिर २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै फैसला गर्न लागेको हो । रायमाथि कुटनीतिक राहदानी दुरुपयोग गरेको आरोप छ । तर, यादवले नेपाली काङ्ग्रेसका उम्मेदवार […]
मंसिर २०, २०७४-कसलाई रहर नहोला, सलमान खानको जस्तो जिन्दगी जिउने ! तर, स्वयं सलमानचाहिँ आफ्नो दुनियाँदेखि खासै खुसी छैनन् रे । उनले हालैको एक कार्यक्रममा आफूले बोरिङ जिन्दगी बिताइरहेको बताएका छन् । ‘मैले बोरिङ तर कठोर मेहेनत गर्नुपर्ने जिन्दगी जिएको छु,’ उनलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘मेराबारे बनेका आमधारणाभन्दा विपरीत छ मेरो दुनियाँ ।’ […]
मंसिर २०, २०७४-नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् । युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी […]
मंसिर २०, २०७४-म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले मंगलबार राति युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेका छन् । बायर्न म्युनिखले भने पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि मीठो बदला लिन सफल रह्यो । म्यानचेस्टर र युभेन्ट्ससँगै एएस रोमा र बासेलले लिग चरणको अन्तिम खेल जितेर नकआउट चरण प्रवेश गरेका हुन् । तर सन् २०१४ […]