मंसिर २२, २०७४-गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७ हजार ६ सय २२ मत गन्दा उनले ३ हजार ६ सय ७३ मत पाएका हुन् । श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् […]
मंसिर २२, २०७४-संविधानसभाले जारी गरेको संविधानअनुसार बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै झन्डै १२ वर्ष लामो संक्रमणकाल सकिएको छ । संघीय संरचनाअनुरूप संघ र प्रदेश तहमा जनप्रतिनिधिमूलक संस्था चयनका लागि भएको यो निर्वाचनबाट जनताले आफ्ना निर्वाचित प्रतिनिधिमार्फत जारी गरेको संविधानसमेत अनुमोदन गरेका हुन् । निर्वाचन परिणामलगत्तै हुने नयाँ सरकार गठन, संघीय संसद्को माथिल्लो सदन […]
मंसिर २२, २०७४-माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबीच एकीकरणपछि पनि कांग्रेससँग सहकार्य हुने बताएका छन् । चितवन ३ का उम्मेदवार दाहालले बिहीबार आफ्नै गाउँ भरतपुर १४ स्थित शान्तिपुर आधारभूत विद्यालयमा मतदान गर्दै यस्तो बताएका हुन् । ‘पार्टी एकीकरण गर्ने संकल्पसहित वाम गठबन्धन बनेको हो,’ उनले भने, ‘पार्टी एकता हुन्छ, जनताको अघि प्रतिबद्धता गरिसकेका […]
श्रएजेन्सी/लन्डन लिभरपुल, सेभिल, साख्तर डोनेस्क र एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन् । बिहीबार बिहानको खेलसँगै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ वटै टोलीको टुंगो पनि लागेको छ । समूह ‘ई’ अन्तर्गतको खेलमा इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले रुसी प्रतिद्वन्द्वी स्पार्टक मस्कोलाई ७—० गोलको फराकिलोअन्तरले हरायो । घरेलु मैदानमा खेलिएको समूहगत […]
काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ८ः ३७ मा दोलखाकाे जिरी केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं : निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने भएको छ । परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ । मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु […]
काठमाडौं : बिहीबार ४५ जिल्लामा सम्पन्न चुनावमा ६७ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार यो आँकडा प्रारम्भिक हो। यो प्रतिशत बढ्न सक्ने आयोगको भनाइ छ। यो पहिलो चरण अर्थात् मंसिर १० गते सम्पन्न निर्वाचनभन्दा केही प्रतिशत बढी हो। आयोगका अनुसार सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मतदान भएको छ। संघ र प्रदेशको दोस्रो चरण चुनावअन्तर्गत […]
सुर्खेत : कुनै वेला निकै भीडभाड हुने जिल्ला पशुसेवा कार्यालयमा चहलपहल घटेको छ । वीरेन्द्रनगरमा रहेको कार्यालयमा सेवाग्राही आउन छाडेका छन् । कार्यालयका कर्मचारी पनि गाउँ पसेका छन् । यस कार्यालयबाट प्रवाह हुने सेवा-सुविधा अहिले स्थानीय तहबाट उपलब्ध हुन थालेपछि पाँच महिनायता यो कार्यालय सुनसानजस्तै छ । सेवाग्राहीको चापका कारण सधैं भीडभाड हुने जिल्ला समन्वय […]
बेनी : हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्वाचनमा पनि भिडेका थिए। त्यसबेला प्रेमप्रसाद स्वतन्त्रबाट प्रत्यासी थिए। […]
गोरखा : मनाङको प्रतिनिधिसभामा वामगठबन्धन विजयी भएको छ । वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता पोल्देन छोपाङ गुरुङ्गले आफ्ना निकटतम प्रतिष्पर्धी भन्दा २७९ मत बढी ल्याएर विजयी भएका हुन् । उनले २३०० मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङले २०२१ मत ल्याएका छन् । मनाङ प्रतिनिधि सभामा १६ मत बदर […]