बरामद गरिएका प्रतिबन्धित औषधि । अन्नपूर्ण नेपालगन्ज : नेपालगन्जको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । भारतबाट नेपाल भिœयाइँदै गरेको उक्त औषधि बरामद गरेको हो । जमुनाहा नाकानजिक रहेको भन्सार कार्यालय अगाडिबाट रिक्सामा राखेको अवस्थामा ठूलो मात्रामा सशस्त्र प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ । भन्सार सशस्त्र प्रहरी गुल्मको टोलीले रिक्सामा ल्याइँदै […]
वीरगन्जको पावरहाउस चोकमा हुलाकी राजमार्गको शिलान्यास गर्दै नवनिर्वाचित सांसदहरू प्रदीप यादव र हरिनारायण रौनियार । अन्नपूर्ण वीरगन्ज : हुलाकी राजमार्गअन्तर्गत पर्सा खण्डको निर्माण कार्य सुरु भएको छ । मेचीबाट महाकालीसम्म एक हजार सात सय ९२ किलोमिटर लम्बाइको हुलाकी राजमार्गअन्तर्गत पर्सामा ६० किलोमिटर सडक परेको छ । वीरगन्जको पावरहाउस चोकमा सोमबार क्षेत्र नम्बर १ का सांसद […]
प्रदेश संसद् बैठक बस्न प्रस्तावित विराटनगरको वीरेन्द्र सभागृह । अन्नपूर्ण विराटनगर : प्रदेश राजधानी दाबी गरिरहेका मुख्य तीन नगरका बासिन्दा प्रदेशसभा (संसद्)को पहिलो बैठक बस्ने स्थान पनि आफूतिर तान्न कस्सिएका छन् ।विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका र धनकुटा नगरपालिकाका बासिन्दाले सभाहल व्यवस्थापन भइसकेको भन्दै प्रदेश संसद् बैठक बसाल्न माग गरेका हुन् । पहिल्यै निर्माण भई सञ्चालनमा […]
समाचार प्रतिनिधि स्केच काठमाडौं : सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यति ठूलो परिमाणमा रकम बाँड्ने तयारी गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको […]
पुस ५, २०७४-गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’ ले रिलिज मिति आगामी वर्षको वैशाख २८ लाई तय गरेको छ । कविर खडका, सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सन्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको मुख्य भूमिका रहेको यसै फिल्ममा तरकारीवालीको उपनामले चर्चामा आएकी कुसुम श्रेष्ठले समेत अभिनय गरेकी छन् । कविरले पनि यसै फिल्मबाट नायकका रुपमा डेब्यु गर्न […]
पुस ५, २०७४-सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालयमा सोमबार राति आगलागी भएको छ । सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले राति नै निभाइएको थियो । सशस्त्रले कागजात, पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा लागेको आगो शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा […]
‘नयाँ सरकार छिट्टै बन्दै छ, त्यसैको सन्दर्भमा रसुवागढी आएका हौं । चीनले पनि यो नाकालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा घोषणा गरिसकेको छ ।’ पुस ५, २०७४-चीनबाट नेपालमा रेल भित्र्याउने योजनालाई उच्च महत्त्व दिएका एमाले अध्यक्ष केपी ओली आफू सरकारप्रमुख भएपछि त्यही विषयलाई प्राथमिकता दिने सन्देश प्रवाह गर्न मंगलबार रसुवागढी नाका पुगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा […]
निभाउन गएको दमकल नै जल्यो रक्सौलस्थित आइओसीको डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै – भुषण यादव, वीरगन्ज पुस ५, २०७४-वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा भीषण आगो लागेको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी […]
धनकुटा, पुस ४– प्रदेश नं. १ को राजधानी धनकुटालाई तोकिनु पर्ने माग गर्दै धनकुटाका सांसद, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवा काठमाडौं पुगेका छन् । जिल्ला सदरमुकाममा गरिने आन्दोलनले केन्द्रीय नेता र सरकारको ध्यान तान्न नसकेपछि उनीहरु काठमाडौं पुगेका हुन् । राजधानी माग्ने आन्दोलनको नेतृत्व गर्न प्रतिनिधिसभाका सांसद राजेन्द्र राई, प्रदेशसभा सांसदहरु निरन राई […]
काठमाडौं, पुस ४ – मह सञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’ को छायाँकन लगभग सकिएको छ । गएको आइतबार चलचित्रमा रहने ‘रुपै मोहनी’ बोलको गीतको छायाँकन भएको छ । यो गीतको छायाँकनसँगै चलचित्रको छायाँकन लगभग सकिएको निर्माण पक्षले जनाएको छ । अब एउटा गीतको छायाँकन मात्रै बाँकी रहेको छ । बौद्धमा रहेको […]