Home > Articles posted by NewsDesk (Page 41)
FEATURE
on १० मंसिर २०७८, शुक्रबार १५:४०
377 views 0 secs

रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ । ४९ जना मजदुर घाइते भएका छन् । खानीमा हावा जाने प्वालमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ जना मजदुरको ज्यान गएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको खबरमा उल्लेख छ। ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । मिथेन […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार १४:४६
333 views 0 secs

नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गरेका हुन् । नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार १४:०९
386 views 0 secs

काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार १२:५६
339 views 0 secs

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए । उनले मनकामनाको एक होटलमा […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार १२:३०
279 views 0 secs

विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । आज बिहान ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीका अनुसार हात्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार ११:४९
344 views 0 secs

झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका-९ का ६० वर्षीय राकबहादुर बुर्जा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार आज बिहान मेची नगरपालिका १४ शनिबारेका टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो ।

FEATURE
on १० मंसिर २०७८, शुक्रबार १०:४५
413 views 1 sec

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार भने लगातार दोस्रो जितको […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार १०:२२
300 views 0 secs

नेकपा मालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने पक्का भएसंगै बहिस्कार गरेको बुझिएको छ । चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार चिनियाँ […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार ०७:५२
331 views 0 secs

गएको कार्तिक महिनामा मात्रै २३ हजार भन्दा धेरै दक्ष श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कार्तिक महिनामा मात्रै २३ हजार ४५६ जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका हुन् । जसमा २१ हजार ५९१ जना पुरुष र १८ सय ६५ जना महिला रहेका छन् । ६८ जना व्यवसायीक […]

FEATURE
on १० मंसिर २०७८, शुक्रबार ०७:२५
314 views 0 secs

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डाै जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको […]