असोज ११ चलचित्र ‘छक्का पञ्जा २’लाई हल छोडेर फागुन ४ मा रिलिजको तयारी रहेको निर्माता छविराज ओझाको चलचित्र ‘मंगलम’ले फेरी पनि प्रदर्शन मिति सारेको छ ।अब ‘मंगलम’ फागुन २५ गते रिलिज हुने वितरक गोपालकाजी कायस्थले जानकारी दिएका छन् । मंगलमको रेली सरे सँगै फागुन ४ मा श्वेता खड्काको ‘कान्छी’ अब सोलो रिलिज हुने भएको छ […]
काठमाडौं। काठमाडौंमा शुक्रबार पोलमा घाँटी च्यापिएर ट्याम्पो चालकको ज्यान गएको छ । यो घटना काठमाडौँको न्यू प्लाजा नजिकै घटेको हो । टाउको बाहिर निकालेर पार्किङस्थलबाट टेम्पो सडकमा निकाल्ने क्रममा पोलमा घाँटी च्यापिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामाखुशी बस्दै आएकी झापा महारानीझोडा गाउँपालिका–८ की ४३ वर्षीया तुलसा थापाको ज्यान गएको हो […]
काठमाडौं, पुस २८ – शुक्रबारदेखि नेपाली सिनेमा घरमा नेपाली चलचित्र ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ सँगै बलिउड चलचित्र ‘१९२१’ पनि प्रदर्शनमा आएको छ । फरक कथावस्तु लिएर एकैसाथ प्रदर्शनमा आएका यी तीन चलचित्रबीच निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली चलचित्र ‘मिस्टर झोले’ हाँस्य विधामा बनेको चलचित्र हो भने ‘बटरफ्लाई’ प्रेमकथामा आधारित रहेको चलचित्र हो […]
लुटमा देखिन पाउनु नै ठूलो उपलब्धि थियो, विपिन कार्कीलाई । पारिश्रमिकको के कुरा भयो र ! त्यसपछि पनि कालो पोथी, ताण्डव, सुन्तलीलगायतका फिल्ममा चास्नी भूमिकामा सीमित भए । तर, पशुपतिप्रसादको भस्मे डन चरित्रबाट धेरैको आँखामा परे । जात्रा हिट हुनुको मूल कारण उनी नै मानियो । एवंरीतले लुट २ मा आइपुग्दा झन्डै अढाई लाख रुपियाँ […]
उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छविश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड […]
काठमाडौं । सामान्यतया कुनै पनि व्यक्तिको शैक्षिक प्रमाणपत्र केही सीमित निकायमा मात्रै अभिलेखका रूपमा रहन्छ । माथिल्लो तहमा भर्ना हुने क्रममा तल्लो तहको प्रमाणपत्र पेस गर्नुपर्छ । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र […]
कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी नुहँदै मलेसिया पुगिसकेका नेपाल प्रहरीका पूर्वडिआईजी एवं ललितपुर–१ का एमाले सांसद नवराज सिलवाल तत्काल स्वदेश नफर्कने भएका छन् ।सिलवाल एक कार्यक्रममा सहभागी हुने भन्दै हाल मलेसियाको क्वालालम्पुरमा छन् । उनी बाम गठबन्धनको सरकार नबन्दासम्म नेपाल नफर्कने पारिवारिक स्रोतले जनायो । कुनै चमत्कार नभए बाम गठबन्धनबाट एमाले अध्यक्ष […]
रत्ननगर, चितवन, २७ पुस – चितवनको भरतपुर महानगरपालिका–२० स्थित धननाथ ढकालको कुखुराको खोरमा आज बिहान आगलागी भएको छ । आज बिहान ३ः३० बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदै खोरभित्र रहेका ५०० वटा कुखुराका चल्लासहित रु पाँच लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो क्रममा कुखुराका चल्ला ५०० वटा, दाना तीन बोरा, […]
अदालतको मानहानी गरेको अभियोगमा पक्राउ गरेर डा. गोविन्द केसीको बयान लिन थालेपछि प्रधान्यायाधीश गोपाल पराजुलीले अब केसीको प्रतिवादीका हैसियतमा कठघरामा उभिनुपर्ने बाध्यता खडा भएको छ । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले पराजुलीमाथि शैक्षिक योग्यता नपुगेको कुरादेखि दुईटा नागरिकता लिएको र उमेरको हद पार गरेपछि पनि प्रधानन्यायाधीशको पद ओगटेर न्यायलयलाई बद्नाम गरेको कुरा बयानमा […]
काठमाडौं- विशेष अदालतले एमबिबिएस परीक्षामा प्रश्नपत्र ‘लिक’ गराउने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको फैसला सुनाएको छ। परीक्षामा चिट चोराउने कार्यमा संलग्न भएको आरोप लागेकामध्ये ६ जनालाई विशेषले दोषी ठहर गरेको छ भने २ जनालाई सफाइ दिएको हो। २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एमबिबिएस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य […]