कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते […]
रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा […]
कालीकाेटकाे नरहरिनाथ गाउँपालिका-१ निलाखामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । सिमेन्ट र डिजेल बाेकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परि ट्रक चालक नरहरिनाथ-१ का जयबहादुर विष्टकाे ज्यान गएकाे कालीकोटका डीएसपी सिद्धराज न्यौपानेले बताउनु […]
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएकाे छ । सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक/एक गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल गरे । जितसँगै सिटी १३ खेलमा २९ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम […]
काठमाण्डौमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । हिजो बेलुका काठमाण्डौ महानगरपालिका-१५ डल्लुको नयाँ पुलमा बा २ ख ४७४९ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ । टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पर्सि बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ । राम्रोसँग घाम […]
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ । न्युजिल्यान्ड, थाइल्यान्ड, […]
नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे […]
पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिका जलेर मृत्यु भएको छ । जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय […]
काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल फेला परेको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागार्जुन, सातदोबाटो र कोटेश्वर लगायतका ठाउँबाट हराएका १५ मोटरसाईकल र ८ वटा स्कुटर फेला पारिएको ट्राफिक महाशाखाका एसपीले बताए । एक महिनाको अवधिमा ती मोटरसाइकल […]