पोखरा– एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । सङ्घका महासचिव नवीन चालिसेका अनुसार […]
वासिङ्टन पोस्टका पत्रका जमाल खासोग्गीको हत्या भएको स्विकारेपछि पनि साउदी अरबले अहिलेसम्म उनको शवबारे कुनै जानकारी दिएको छैन । अनुसन्धान एजेन्सीका अधिकारी पनि खासोग्गीको हत्याबारे कुनै ठोस् प्रमाण हाँसिल गर्न सकिरहेका छैनन् । यद्यपी, यसैबीच टर्कीको सरकारी पत्रिकार ‘सबाह’ ले साउदी दूतावासमा खासोग्गीको हत्या पछि उनको शवलाई टुक्रा पारेर पाँचवटा सुटकेसमा भरेर दूतावास बाहिर निकालिएको […]
बर्दिया– बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक बजे नकाबधारी पाँच जनाको समूहले नियन्त्रणमा लिएर बायाँतिर कोखमा गोली हानी खटिकको हत्या गरेका थिए । सो समूह त्यहाँबाट गएलगत्तै घट्नाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । […]
ओन्ली माई हेल्थ अमला शरिरलाई विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ । २. कोलेस्ट्रोल घटाउँछः अमलाले ब्याड कोलेस्ट्रोल हटाउन सहयोग गर्छ जसका कारण मुटु स्वस्थ रहन्छ […]
ललितपुर । यू एन डब्ल्यू जीको सहयोगमा बुद्ध शान्ती फाउन्डेसनद्वारा श्री टिका विध्याश्रम सानेपामा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको छ । कार्यक्रममा वरिष्ठ शिक्षाविद प्रा. डा. केदार भक्त माथेमा तथा बुद्ध शान्ती फाउन्डेसनका अध्यक्ष सन्ध्या रेग्मीले उक्त पुस्तकालय हस्तान्तरण गरे। बुद्ध शान्ती फाउन्डेसनका संस्थापक अध्यक्ष सन्ध्या रेग्मीको विशेष सकृयतामा झन्डै एक वर्षअघि प्रस्तावना लेखी यू […]
वीरगन्ज – आफ्नो जामानाको वीरगन्जको चर्चित होटेल दियालो अब नयाँ स्वरुपमा चारतारे होटेल बनेर सञ्चालन हुने तयारीमा छ। ‘नाम दियालो नै छ, होटेल चाँही पूर्ण रुपमा नयाँ हो,’ होटेलका एकजना लगानीकर्ता अनिल रुँगटाले भने, ‘करिब ८० करोड रुपैयाँ लागतमा हामीले चारतारे श्रेणीको आधुनिक होटेल सञ्चालनमा ल्याउने तयारीमा छौं।’ ६२ वटा कोठा, दुई ठूलो बैंकेट हल, […]
काठमाडौं– साउथ ह्याम्पटनमाथि फराकिलो जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा सिटीले साउथ ह्याम्पटनलाई ६–१ ले पराजित गरेको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङ्गले दुई तथा सर्जियो अग्युरो, डेविड सिल्भा र लिरोय सानेले गोल गरे। साउथ ह्याम्पटनका वेस्ली होड्टले आत्मघाती गोल गरे। आत्मघातीसहित ६ गोल खाएको साउथ ह्याम्पटनका […]
मेलम्ची- सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ। जितबहादुर गोलेको घरमा आगो लाग्दा उनका १२ वर्षीय छोरा राजु गोलेको मृत्यु भएको पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले जानकारी दिए। राति घरमा अरु कोही नभएको समयमा आगो लाग्दा छोराको मृत्यु भएको परिवारले जनाएको छ। घरमा कसरी आगो […]
काठमाडाैं- प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ। राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा करीब […]
घोराही । घोराही सिमेन्ट उद्योगले धुलो मापन यन्त्र जडान गरेको छ । सो उद्योगले अत्यधिक धुलो उडाएको भनी उजुरी परेपछि वातावरण विभागबाट प्रदूषण जाँचका लागि प्राविधिक टोली आई धुलो मापन यन्त्र जडान गरेको हो । स्थानीयवासीले मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा उजुरी दिएका थिए । सो आयोगले वन तथा वातावरण मन्त्रालयमा पत्र पठाएलगत्तै मन्त्रालयले […]