इन्डोनेसियाको एक परियोजनामा कार्यरत मजदुरमाथि विद्रोहीले गरेको आक्रमणमा परी कम्तीमा ३१ कामदारको मृत्यु भएको छ । पपुवामा सरकारी पुल निर्माण गरिरहेका मजदुरमाथि पृथकतावादीहरुले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन् । पृथकतावादीहरुले गरेको यो एक भीषण आक्रमणको रुपमा लिइएको छ ।
१८ मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाएको छ । समाचारमा लेखिएअनुसार […]
काठमाडौं। कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि जनाएकी छन्। राज्यमन्त्री चौधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि जनाएकी हुन्। मंगलबार काठमाडौंमा आयोजित विभागको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव स्वास्थ्यमा हानी पु¥याउने खाद्य बस्तु बिक्री […]
भीष्मराज ओझा काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याका बारेमा छलफल जारी छ। यही मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तावित विधानको मस्यौदामाथिको छलफलका क्रममा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ। सोमबारसम्म ३१ केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाे पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। काङ्ग्रेसले पार्टीको […]
बेलायती लेखक एल्डस हक्सलेले सन् १९३२मा ‘ब्रेभ न्यु वल्र्ड’ उपन्यास लेखे। भविष्यमा कस्ता मानिस जन्मन्छन् र के गुण भएका नागरिकले संसारलाई शासन गर्छन् भन्ने भविष्यवाणी गरिएको उक्त पुस्तकलाई सन् २००३ मा बेलायती प्रशारण संस्था बिबिसीले झण्डै १० लाख पाठकमाझ गरेको सर्भे ‘द बिग रिड’ ले प्राचीनकालदेखि त्यसबेलासम्म प्रकाशित लाखौँ पुस्तकमध्ये पढ्नैपर्ने उच्च १०० को स्थानमा […]
इस्लामावाद- अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन्। पाकिस्तानका विदेश मन्त्रीले सोमबार दिएको जानकारी अनुसार ट्रम्पले अफगानिस्तानको समस्या समाधानका लागि पत्रमा विषेश चासो व्यक्त गरेका छन्। अफगानिस्तानमा १७ बर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न शान्ति वार्ता मार्फत् प्रभावकारी कदम चाल्न पनि अमेरिकाले आह्वान […]
काठमाडौं – क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए। यस वर्षको फिफा वर्ष खेलाडी समेत बनेका मोड्रिचले फाइनलमा पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल […]
महेन्द्रनगर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँगै धर्नामा बसेको नागरिक संघर्ष समितिले जिल्ला प्रशासान कार्यालय कञ्चनपुरको प्रवेशद्वार अगाडि हातमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्। संघर्ष समितिले ४ दिनसम्म बिहान ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गर्ने जनाएको छ। भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालीका निर्मलाको न्यायको माग […]
काठमाडौं – जापान सरकारले बाह्रकिलो–बारपाक सडक आसपासमा निर्माण गरेको पाँचवटा पुल हस्तान्तरण गरेको छ। सोमबार एक समारोहबीच नेपालका लागि जापानी राजदूत मासामिची साइगो र जाइका नेपालका प्रमुख युमिको आसाकुमाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठमार्फत औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। जापानको अनुदान सहयोगबाट दरौंदी, घट्टे र राङरुङ खोलास्थित पुलको निर्माण गत असारमा सम्पन्न […]
काठमाडौं – बेपत्ता छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरी अनुसन्धानका क्रममा दोषी देखिएका पीडकलाई बयानका लागि बोलाउने तयारी गरेको बताएको छ। आयोगमा उजुरी दर्तापछि गरिएको अनुसन्धानले पीडितका कुरा सुनेपछि पीडकलाई बयानका लागि बोलाउने तयारी भैरहेको अध्यक्ष लोकेन्द्र मल्लिकले बताए। पीडकहरूको बयान कार्यविधि तयारी समिति गठन गरी आन्तरिक काम सुरु गरिएको मल्लिकले बताए। […]