मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान गएको हो । उनको परिचय खुलेको छैन […]
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुनुहुने आयोजनाले जनाएको छ । सुरुङ निर्माणको जिम्मा पाएको […]
जनप्रतिनिधिसभाका रुपमा परिचित संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी ग–यो। पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो। सरकारले सकेसम्म व्यवस्थापन ग–यो। त्योसँगसँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । सोही मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण। देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भन्दै लामो समयदेखि अध्ययनमै सीमित भएको थियो। नाकाबन्दीबाट आहत भएका […]
आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन्। चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम। यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो। ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उनले वृद्धभत्ता बढ्ने बताएका हुन् । ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने । वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको प्रधानमन्त्रीले दावी […]
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। साेही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन्। काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३.ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएकाे छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिँएको हो। दुर्घटनामा […]
मानिसमा इमानदारीको खडेरी पर्दै गएकाले चोरीडकैतीका घटना बाक्लै हुने गरेका छन्। सर्लाहीको नवलपुरस्थित एक व्यवसायीले भने बाटोमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर उदाहरणीय कार्य गरेका छन्। नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यन श्रेष्ठले शुक्रबार दिउँसो सो रकम भेट्टाएका थिए। आर्यनले सो रकम बुबा अजयलाई लगेर दिएका […]
तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शुक्लागण्डकी–१० लोकदीटारकी २४ वर्षीय भूमिका खत्रीको मृत्यु भएको हो। चैते दशैँ मनाउन माइत गएकी खत्रीको शनिवार साँझ परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते खत्रीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। लोकदीटार घर भई माइतीघर सोही वडाको मिनामखानी गएकी […]
नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजाराैंको भीड लागेको छ। परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो। भेलुखेलमा हिजो साँझ उठाइएको लिङ्गो हेर्न भक्तपुर, काठमाडाैं, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ। ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरे शत्रु नास हुने सहकाल […]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको पडरिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ। ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ […]