प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आउँदो तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धि दर दुई अंकमा पुर्याउने दावी गरेका छन् । उनले तीन वर्षपछि प्रदेश ५ को आर्थिक वृद्धि दर सातवटै प्रदेशमध्ये सबैभन्दा अगाडि हुने दावी गरे । सोमबार प्रदेश समन्वय परिषदको दोस्रो बैठक उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले चालु आर्थिक वर्षमा पनि प्रदेश ५ ले […]
प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् । राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण […]
राजपालाई एकताको लागि पत्र पठाएर नयाँ शक्तिसँग एकीकरण गरेको तत्कालीन संघीय समाजवादी फोरम हाल समाजवादी पार्टी र राजपाबीच एकताका विषयमा छलफल भएको छ। नयाँ शक्तिसँग एकीकरण गर्नुअघि तत्काली फोरमले राजपासँग एकता गर्न भन्दै पत्र पठाएको थियो। फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतमा वार्ता टोली नै गरेको छ। फोरमको पत्र पाएपछि उत्साहित बनेको राजपाले पनि नेता राजेन्द्र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिएका छन्। अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ । प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ? यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो। यसका दुई पाटा थिएः पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको […]
इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका सन्दीप लामिछानेले गएको वर्षभन्दा यो वर्ष उपलब्धीपूर्ण भएको बताएका छन् । आइतबार त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दिल्ली क्यापिटल्सबाट यसवर्ष आफूले ६ खेल मात्रै खेल्न पाएको भए पनि धेरै कुरा सिकेको बताएका हुन् । ‘तुलनात्मक रुपमा पहिले भन्दा राम्रो भएको छ । यसपटक पनि व्यक्तिगत रुपमा मात्रै […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पनि पीडित नर्सहरुलाई आह्वान गरे। आईतबार अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गर्ने पनि […]
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आव २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले उदारवादी, साम्यवादी र […]
नेकपाका सांसद सुरेन्द्र पाण्डेले डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै प्रतिवाद गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो बताएका हुन्। पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा […]
चक्रीय प्रणालीबाट संचालित राष्ट्रिय जनता पार्टी (राजपा) ले कात्तिक २८ देखि ३० गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षमण्डलीय प्रणाली हटाउने भएको छ। महाधिवेशनपछि राजपा एकल अध्यक्ष प्रणालीमा जाने भएको छ। हाल छजना सदस्य रहेको अध्यक्षमण्डल रहेको छ। अध्यक्ष मण्डलका सदस्यहरु दुई दुई महिनाका लागि चक्रप्रणालीमा संयोजक रहने गरेका छन्। अध्यक्ष मण्डलमा रहँदा नेताहरुको ध्यान नेतृत्वकालागि केन्द्रित हुने […]
नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा आज यहाँस्थित प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो। सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको थियो। सम्झौतामा […]